तनहुँमा लम्बियो निषेधाज्ञा, उल्लंघन गर्नेलाई कारवाही गरिने (प्रशासनको आदेश सहित)

भञ्ज्याङ न्यूज

तनहुँमा जारी निषेधाज्ञा भाद्र ७ गतेसम्म लम्ब्याइएको छ । सोमबार मध्यरातबाट लागुहुने निषेधाज्ञाका क्रममा यसपाली फलफूल र तरकारी पसल भने बिहान मात्र र होटल रेष्टुरेन्ट दिउँसो र साँझ मात्र खोल्न दिइने भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले तरकारी, फलफूल खाद्यान्न पसल बिहान ५ देखि १० बजेसम्म खोल्न दिन सिफारिस गरे अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त सिफारिसलाई कार्यान्वयनमा ल्याएको हो ।

यसैगरी, अरु व्यवसाय तथा रेष्टुरेन्ट भने बिहान ११ देखि ६ बजेसम्म खोल्न दिइने भएको छ । बैठकले अबका दिनमा कोभिड संक्रमितको उपचारका लागि दमौली अस्पताल र जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई अनुमति दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी गराए ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यका तर्फाट जारी आदेशमा निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तनहुँमा सक्रिय संक्रमित बढिरहेको र छिमेकी जिल्लामा डेल्टा भेरियन्टको संक्रमण देखिएको भन्दै निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताइएको छ ।

स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेरमात्र रेष्टुरेन्ट तथा खाजाघरका साथै अन्य पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकसंग व्यापार नगर्न र व्यवसायीले समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नु भनिएको छ ।

मास्क नलगाई आउनेलाई सेवा वा बस्तुको विक्री गरेमा त्यस्तो व्यवसायीलाई कारवाही गरिने निर्णय समेत भएको छ । निषेधाज्ञाको उल्लंघन गरेमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

तनहुँमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ४७६ पुगेको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिएसंगै नागरिकस्तरबाट बढेको लापरवाहीका कारण तनहुँमा पुनः संक्रमितको संख्या हृवात्तै बढेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार तनहुँको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको देखाइएको छ। दोश्रो लहरको कोरोना संक्रमण फैलिएसंगै संक्रमणबाट ९९ जनाको मृत्यु भइसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker