शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भानुमा “शैक्षिक अन्तरक्रिया”

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकमा शैक्षिक गुणस्तर अभिवृतिका लागि शिक्षामा नवप्रवर्तनात्मक प्रविधिको प्रयोग र अभ्यास सम्बन्धी एकदिने शैक्षिक अन्तरक्रिया गरिएको छ । भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सोमबार नेपाल शिक्षक महासंघ भानु आवद्ध पेशागत संगठनहरुसँगको सहकार्यमा उक्त कार्यक्रम गरेको हो ।

भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिबाकर पौडेलको अध्यक्षता आयोजित कार्यक्रमको भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले शुभारम्भ गर्दै शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुको भूमिकाका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले भानुको शैक्षिक अवस्था र अभ्यास सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा आमन्त्रित सहजकर्ताहरुले आफ्ना विद्यालयका अनुभवहरु सुनाएका थिए । एकीकृत अखिल नेपाल शिक्षक संगठन भानु नगर अध्यक्ष इश्वरीप्रसाद ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन भानु नगर अध्यक्ष रिदय भट्ट, नेपाल शिक्षक संघ भानु नगर अध्यक्ष ज्ञानेन्द्र पण्डितले समग्र कार्यक्रमको समीक्षा तथा सहजिकरण गरेका थिए ।

अन्तर्क्रियामा सहभागि भिमसेन आदर्श नमूना मावि देवचुली-७ नवलपरासीका प्रधानाध्यापक अग्निधर भुसालले गुणस्तरीय शिक्षाका विभिन्न आयामहरुको व्याख्या गर्दै उक्त विद्यालयले हासिल गरेका सफलताका कथा सम्बन्धी अनुभव आदानप्रदान गरेका थिए ।

प्रअ भुसालको नेतृत्वमा भएको विद्यालयको प्रगति, विकास गरिएको पद्धति, अनुशासन, शिक्षक विद्यार्थीको नियमितता, विद्यालयमा उपलब्ध सेवा सुविधाहरु, शैक्षिक गुणस्तर, बालमैत्री वातावरण, शिक्षक कर्मचारी बीचको कार्यगत एकता, विद्यालय र समुदाय बीचको सुमधुर सम्बन्धले शैक्षिक गुणस्तरमा सुधार आएको छ ।

उक्त विद्यालय सबै अभिभावकहरुको रोजाइको केन्द्र बनेको, वरिपरिका संस्थागत विद्यालय बन्द भई सबै बालबालिकाहरु सामुदायिक विद्यालयमा भर्ना भएका, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि समुदाय तथा अभिभावहरुबाट विद्यालयलाई पर्याप्त सहयोग प्राप्त भइरहेको अवस्था विषयवस्तुमा दक्ष युवा जनशक्ति उत्पादन भएको प्रअ भुसालले कार्यक्रममा जानकारी गराएका थिए ।

कार्यक्रममा कर्णाली प्रदेशको सुर्खेत जिल्ला बराहताल गाउँपालिका-५ स्थित श्री जनज्योति मावि बड्डीचौरका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले हाम्रा बालबालिकालाई कस्तो र कसरी व्यवहारिक शिक्षा दिन सकिन्छ भन्ने विषयमा आफ्नो सफल प्रयोग र अभ्यासका बारेमा अनुभव सुनाएका थिए ।

उनले बालबालिकाहरुलाई ठूला कोरा सैद्धान्तिक ज्ञान दिएर शिक्षित वेरोजगार जनशक्ति उत्पादन गर्नुभन्दा आफ्नो भाषा, संस्कृति, माटो, हावापानी र आफ्नो परिवेश चिन्ने, नेपालमै सम्भावना र अवसरको खोजी गरी गरिखाने आत्मनिर्भर नागरिक उत्पादन गर्न तर्फ केन्द्रित हुनुपर्ने सुझाएका थिए ।

‘विद्यालयले चाहृयो भने धेरै कुरा गर्न सक्छ र विद्यालय सिकाइ र अभ्यासको लागि एउटा सिकाइको थलो हो’, प्रअ सिग्देलले भने, ‘विद्यालयले प्राविधिक धारमा अध्ययनरत विद्यार्थीले सञ्चालन गरेका व्यवसायहरु जस्तै माछापालन, बँगुरपालन, च्याउखेती, बाख्रापालन, धानखेती, थोपा सिँचाइ तथा वायोचार प्रविधिबाट तरकारी खेती, मौरीपालन, कपुरको पातबाट तेल उत्पादन तथा विद्यालयबाट विद्यार्थीलाई व्यवसायको लागि निर्व्याजी ऋण प्रदान गरिने र विद्यार्थीले कमाएर तर्ने सिष्टम जस्ता अत्यन्त व्यवहारिक र हाम्रा युवा विद्यार्थीको माग र आवश्यकतालाई सम्बोधन गर्ने खालको पद्धतिको विकास गरिएको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker