जनज्योति क्याम्पस इकाईमा सुवेदी चयन
भञ्ज्याङ समाचारदाता (भिमाद)

पब्लिक क्याम्पस प्राध्यापक संघ, जनज्योति क्याम्पस इकाईको चौंथो अधिवेशन एवं साधारण सभाले हरिप्रसाद सुवेदीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नव गठित कार्य समितिको सचिवमा दीपक भट्टराइ, कोषाध्यक्ष सुकला उपाध्याय, सदस्यहश्रमा लक्ष्मी श्रेष्ठ, सुजन महत, विनोद थापा, लुना राना चयन भएका छन् ।
साधारण सभाले सभापति सचिव र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनलाई सुझाव सहित पास गरेको थियो । यस अघि चौंथो अधिवेशनको उद्घाटन गर्दै नेपाल पब्लिक क्याम्पस संघ, जिल्ला कार्य समिति तनहुँका अध्यक्ष एवं जनज्योति क्याम्पसका सञ्चालक समितिका अध्यक्ष जीत प्रकाश आलेले प्राध्यापकहरु क्याम्पसको लागि महत्वपूर्ण अंग भएको र क्याम्पसको गुणस्तर अभिवृद्धिको लागि प्राध्यापकहरु क्षमता अभिवृद्धि साथै वृद्धिविकास गर्नुपर्ने बताए । यसका लागि क्याम्पस जस्तोसुकै सहयोग गर्न तयार रहेको हुँदा प्राध्यापकहरुले समय अनुसार आफुलाई तयारी अवस्थामा राख्नुपर्ने बताए ।
इकाई सभापति हरिप्रसाद सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष काजीमान श्रेष्ठ, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाईका संस्थापक सभापति एवं क्याम्पस प्रमुख केशवराज काफ्ले, सहायक क्याम्पस प्रमुख शिवदत्त चापागाई, संस्थापक क्याम्पस प्रमुख खिमाकान्त पराजुली, पूर्व क्याम्पस प्रमुख एवं पब्लिक क्याम्पस प्राध्यापक संघ, जनज्योति इकाई सल्लाहकार सीतादेवि भट्टराइ, सचिव दीपक भट्टराइ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा प्राध्यापक संघ इकाईका संस्थापक सभापति केशवराज काफ्ले र संस्थापक सदस्य खिमकान्त पराजुलीलाई सम्मान गरिएको थियो।










