व्यास नगरपालिकाद्वारा अपाङ्गता भएकालाई हि्वलचियर प्रदान
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले अपाङ्गता भएका दुइ जनालाई हि्वलचियर प्रदान गरेको छ । नगर उपप्रमुख इन्दिरा दरैले व्यास-१ भादगाउँका ५२ वर्षीय कृष्णबहादुर रानाभाट र सोही वडाकी ७० वर्षिया मिठु बिक लाई हि्वलचियर हस्तान्तरण गरेकी हुन् ।
नगरपालिकाको महिला बालबालिका अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखा मार्फत उपप्रमुखले बिकलाई हि्वलचियर प्रदान गरेकी हुन् । विकको परिवारले हि्वलचियर आवश्यक परेको भन्दै निवेदन आएपछि प्रदान गरिएको हो ।
त्यस्तै रिसेडको सहकार्यमा भादगाउँका रानाभाटलाई पनि सोहि दिन हि्वलचियर हस्तान्तरण गरिएको छ । शारीरिक रूपमा अपाङ्गता भएकाले हिडँडुल गर्न असहज भएकाले हि्वलचियर प्रदान गरिएको उपप्रमुख दरैले बताइन् ।
उनले भनिन्, ‘अपाङ्गता भएका व्याक्तिलाई नगरपालिकाले सहयोग गर्दै आई रहेको छ, अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा दैनिकी सञ्चालन गर्न नगरपालिकाले अपाङ्गता मैत्री वातावरण सिर्जना गदै आएको छ ।’










