म्याग्दे-४ मा २७ लाखको लागतमा कभर्ड हल निर्माण
भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुमा करिब २७ लाख रुपैयाँको लागतमा कभर्डहल निर्माण गरिएको छ । उक्त कभर्डहलको विहीबार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले उद्घाटन गरेका छन् ।
‘खेलकूद पूर्वाधार निर्माणका लागि स्थानीय तहले प्राथमिकता दिनुपर्दछ’, उनले भने, ‘स्थानीय स्तरमा खेलकुद पूर्वाधार निर्माण भए मात्रै राष्ट्रले दक्ष खेलाडी प्राप्त गर्न सक्दछ । खेल क्षेत्रले विश्वमाझ नेपाललाई चिनाएको जनाउँदै सरकारले खेलकूद क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन ।’
गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेलकूद सँगसँगै सबै क्षेत्रको विकासका लागि गाउँपालिका निरन्तर लागिरहेको बताइन् । क्लवका अध्यक्ष कुशल थापाको अध्यक्षतमा आयोजित कार्यक्रममा क्लबले आयोजना गरेको व्याडमिन्टन कपको उद्घाटन गरिएको थियो ।










