म्याग्देको थर्पु आधारभूत अस्पतालमा दन्त शिविर सुरु

तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित आधारभूत अस्पतालमा दन्त शिविर सुरु भएको छ । १० शय्या क्षमताको उक्त अस्पतालको गत शनिबार मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभएको थियो । गत सोमबारदेखि अस्पतालमा दन्त शिविर सुरु भएको हो ।
दाँतका समस्या भएका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले दन्त शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दन्त शिविरमा दाँतको एक्सरे, सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरैदेखिको उपचार, गिजाको उपचार तथा औषधि वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल गैह्रापाटन पोखराबीच गत मङ्सिर २० गते भएको सम्झौता अनुसार दन्त शिविर सञ्चालन गरिएको हो । शिविर पुस ४ गतेसम्म सञ्चालन हुनेछ । शिविरको पहिलो दिन सोमबार वडा नम्बर १ र २, मङ्गलबार वडा नम्बर ३ र ४, बुधबार वडा नम्बर ५ र ६, बिहीबार वडा नम्बर ७ र शुक्रबार छुटेका सर्वसाधारणलाई सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।
एक दिनमा ६० जनालाई उपचार सेवा दिइने जनाइएको छ । प्रत्येक स्थानीय तहमा एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको निर्णय बमोजिम यहाँ उक्त अस्पताल निर्माण भएको हो । रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ लागतमा अस्पताल भवन निर्माण भएको हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker