भतेरी जोगाउन ग्याविन वालसहितको बाँध

तनहुँको व्यास नगरपालिका-३ भतेरी मादी नदीले कटान गरेपछि बाँध बाधेर संरक्षण गरिदै । मादीपुलदेखि मादीनदी किनारमा करिब २५२ मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारबाट विनियोजित रु दुइ करोड ५० लाख बजेटबाट बाँध निर्माण कार्य सुरु गरिएको हो । समुन्द्री सतहबाट चार मिटर उचाइको ‘ग्याबिन वाल’ लगाइने भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










