तनहुँको दुलेगौडामा ४० लाख रुपैयाको लागतमा कर्भड हल बनाइदै

राजकुमार आले (दुलेगौँडा)

तनहुँको शुक्लागण्डकी-४, दुलेगौँडास्थित पुलचोकमा कर्भड हलको शिलान्यास गरिएको छ । शुक्लागण्डकी युवा क्बल दुलेगौँडा र शुक्लागण्डकी नगरपालिकाको संयुक्त लगानीमा कभर्ड हल निर्माण गर्न लागिएको हो ।

करिब ४० लाख रुपैयाको लागतमा निर्माण गर्न लागिएको कभर्ड हलको नगर प्रमुख किसान गुरुङले शिलान्यास गर्दै युवाहरु देशको मेरुदण्ड भएको बताए । उनले स्वस्थ युवाले नै देशको समृद्धिलाई गति दिन सक्ने बताउँदै युवाशक्ति देश विकासका लागि प्रयोग हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘युवाहरु देशका मेरुदण्ड हुन्, यदि युवाहरु जोस जाँगरका साथ अगाडी बढ्न सकेनन् भने देशले पनि गति लिन सक्दैन । त्यसैले खेल खेलेर स्वस्थ भएका युवाहरुको उर्जा र गतिशिलता देशका लागि उपयोग गर्नुपर्छ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले नगरमा धेरै क्लबहरु भएपनि नगरपालिकासंग शुक्लगण्डकी युवा क्लब विभिन्न कार्यहरुमा जोडिएको बताए । उनले बाटो बिराएका युवाहरुलाई सहि बाटोमा ल्याउनका लागि पनि क्लबले भुमिका खेल्नुपर्नेमा जोड दिए। व्याडमिन्टन शुद्ध स्वास्थ्यका लागि रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले नगरपालिकाले ‘एक वडा, एक खेल मैदान’को अवधारणा लिएर त्यहाँको आवश्यकता अनुसार खेल मैदान बनाउने योजना बनाएको बताए ।

त्यस्तै, वडाध्यक्ष शिवकुमार श्रेष्ठले कर्भड हल निर्माणका लागि व्यक्तिगत पाँच हजार रुपैयाँ सहयोग गर्दै कर्भड हल बनेपछि अहिले खेल मैदान नहुँदा भोग्नु परेको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

क्लबका अध्यक्ष युवराज भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश लामिछानेले स्वागत र सचिव मिन रानाले संचालन गरेका थिए । कुनै पनि खेल खेलाउन मैदानको असुविधा भएको हुँदा क्लबको २० लाख र नगरपालिकाको २० लाख रुपैया गरी कुल ४० लाख रुपैयाको लागतमा कर्भड हल निर्माण गर्न लागिएको हो । आगामी असार मसान्तभित्र कर्भड हलको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker