थर्पु इकाईमा अधिकारी, बन्दीपुरमा उपाध्याय चयन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघको थर्पु बजार इकाई र बन्दीपुर बजार इकाईको सम्पन्न अधिवेशनले आगामि कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
थर्पु बजार इकाईको १२औं अधिवेशनले सुन्दरमणि अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपसभापतिमा सुरेन्द्र अधिकारी, कोषाध्यक्षमा लक्ष्मण श्रेष्ठ चयन भएका छन् । यस्तै इकाईको सदस्यहरूमा भुपेन्द्र रानाभाट, सीता मल्ल, खिमबहादुर नेपाली, सुशील न्यौपाने, राजीव श्रेष्ठ, धर्मराज घिमिरे, खमबहादुर नेपाली चयन भएका छन् ।
इकाईको साधारण सभा तथा अधिवेशनमा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, पुर्व अध्यक्ष तेजकुमार मल्ल, इमकुमार मल्ल, बैकुण्ठ मिश्र, शेरकुमार मल्ल, घनश्याम उपाध्याय, सुन्दरमणि अधिकारी, शेषकान्त घिमिरे लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइको २८औ साधारण सभा तथा १२औं अधिवेशनले घनश्याम उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । इकाईको उपासभापति सरोज श्रेष्ठ, कोषाध्यक्ष प्रतिमा श्रेष्ठ, सचिव गिता लम्साल र इकाईको सदस्यहरुमा सरस्वती श्रेष्ठ, राजन श्रेष्ठ, हित मान गुरुङ सर्वसम्मत चयन भएका छन् ।










