एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलाको आर्थिक अवस्था सुधार्न र उनीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्न ७५ प्रतिशत लागत साझेदारीमा बाख्रा वितरण गरेको छ । शुक्रबार गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा २८ जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार, एक बाख्राको कुल लागत १२ हजार रुपैयाँ रहेको छ जसमा ९ हजार रुपैयाँ गाउँपालिकाले व्यहोर्ने र बाँकी ३ हजार रुपैयाँ लागत एकल महिलाले व्यहोर्ने व्यवस्था गरिएको छ ।

चालू आर्थिक वर्षका लागि यस कार्यक्रमका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनले भने, ‘यो कार्यक्रमले एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र उनीहरूको जीविकोपार्जनमा ठोस सहयोग पुर्‍याउने विश्वास छ ।’

कार्यक्रममा सहभागी एकल महिला सिर्जना विकले बाख्रा पाउँदा आफूमा ठूलो आत्मविश्वास आएको र यस सहयोगले जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताइन्। म्याग्दे गाउँपालिकाले विगतमा पनि कृषि, व्यवसाय र सीप विकास सम्बन्धी विभिन्न कार्यक्रममार्फत एकल महिलाको उत्थानमा निरन्तर काम गर्दै आएको छ ।

अध्यक्ष श्रेष्ठले थपे, ‘हामी सामाजिक सुरक्षा र आर्थिक समृद्धिका लागि एकल महिलालाई बलियो बनाउने तर्फ प्रतिबद्ध छौं। भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर जारी रहनेछन् ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker