तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहणसंगै योजना सार्वजनिक

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठले आफ्नो कार्यकालका प्राथमिकता सहितको योजना सार्वजनिक गरेका छन् । १६औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए पश्चात बुधबार पदभार ग्रहण गर्दै उनले आफ्नो योजना सार्वजनिक गरेका हुन् । अध्यक्ष श्रेष्ठले २०८० सालसम्मका लागि तयार पारेको योजनामा व्यवसायीका समस्या समाधान र व्यवसाय प्रवर्द्धनदेखि औद्योगिक ग्राम स्थापनाका लागि पहल गर्नेसम्म उल्लेख छ ।

श्रेष्ठले व्यवसायीको क्षमता विकास, करसहितका सरोकारवाला कार्यालयसँग अन्तर्क्रिया र नियमित तालिमका योजना पनि सार्वजिनक गरेका छन् । उनले आफ्नो योजनामा संघको बहुद्देश्यीय भवन तथा औद्योगिक ग्राम निर्माणका लागि जिल्ला प्रदेश र संघ सरकारसमक्ष पहल गर्ने घोषणा गरेका छन् ।

आफ्नो योजनामा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कृषि र पर्यटनका सम्भावनाको प्रचारसँगै मेला महोत्सव समेत गर्ने उल्लेख गरेका छन् । उनले हरेक छ महिनामा कार्यसमिति, सल्लाहकार तथा उपसमितिको संयुक्त बैठक डाक्ने तथा तनहुँ जलविद्युत योजनासँग सम्भावित सहकार्यका योजना पनि अघि सारेका छन् ।

पदस्थापना कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, महासंघ गण्डकी सदस्य मंगलप्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ, अध्यक्ष प्रत्यासी बैकुण्ठनाथ मिश्र, थर्पु सभापति भीमलाल श्रेष्ठलगायतले नवनिर्वाचित पदाधिकारीलाई सफलताको शुभकामना दिदै व्यवसायिका हकहितमा काम गर्न सुझाएका थिए । संघका नवनिर्वाचित प्रथम उपाध्यक्ष इमकुमार मल्लले संघ सबै पक्षलाई समेटेर अघि बढ्ने विश्वास दिलाए ।

यस्तै संघको बैठकले वर्तमान कोभिडको संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले तोकेको सुरक्षा सावधानी अपनाई विभिन्न बजार इकाई समिति र महिला उद्यमी विकास समितिको शपथ ग्रहण कार्यक्रम यही बैशाख २५ गतेभित्र सम्पन्न गरी संघको सचिवालयमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

बैठकले कोभिड-१९ को पछिल्लो संस्करण अत्यन्त भयावह र जोखिमपूर्ण रहेको हुँदा सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई सुरक्षा सतर्कता अपनाई सम्वेदनशिलताका साथ आफ्नो व्यापार व्यवसायी सुचारु गर्नको लागि अनुरोध गरेको छ ।

संघको महासचिवमा अधिकारी

तनहुँ उद्योग वाणिज्य संघको महासचिवमा डुम्रेका सुबोध अधिकारी मनोनित भएका छन् । पदस्थापनलगत्तै बसेको कार्य समितिको बैठकले उनलाई महासचिवमा मनोनित गरेको हो । अधिकारी यस अघि संघका द्वितीय उपाध्यक्ष थिए ।

सबै क्षेत्रलाई समेट्ने प्रतिवद्धता जनाएका अध्यक्ष पबिन्द्रकुमार श्रेष्ठले डुम्रे बजार एकाईका तर्फबाट अधिकारीलाई मनोनित गर्ने प्रस्ताव बैठकमा गरेका थिए । बैठकले आमन्त्रित सदस्यमा अध्यक्षका प्रत्यासी बैकुण्ठनाथ मिश्रलाई मनोनित गर्ने समेत निर्णय गरेको जिल्ला सदस्य एकप्रसाद श्रेष्ठले जानकारी दिए ।

सचिव, सहसचिव, सहकोषाध्यक्ष तथा अन्य सदस्यका हकमा भने विधान संसोधनको प्रक्रिया प्रशासनबाट पुरा भएको केही समयपछि मनोनित गर्ने तयारी गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker