राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँको अध्यक्षमा गौतम

दमौली : राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको अध्यक्षमा विष्णु गौतम निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
शाखाको उपाध्यक्षमा अस्मिता खनाल, सचिवमा माधव पौडेल, सहसचिवमा सागर गिरी, कोषाध्यक्षमा शिला वाग्ले र सदस्यहरुमा श्रहरि पौडेल र उपेन्द्र खनाल चयन भएका छन् । यस्तै सल्लाहकारमा मदन वाग्ले, अमरराज नहर्की र शंकरराज नहर्की चयन भएका छन् ।
यसअघि अधिवेशनको उदघाटन गर्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले फोटो बिना समाचार नहुने भएकाले फोटो पत्रकारितामा सधै विश्वसनीय हुनुपर्ने बताए ।
फोटो पत्रकारहरु व्यावसायिक हुनुपर्ने बताउँदै वन्तले फोटो पत्रकारका लागि तालिम आवश्यक रहेको उल्लेख गरे ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker