दुलेगौंडाको हेल्थपोष्ट चोकमा भाँसिएको सडक तत्काल मर्मत गर्न नगरप्रमुखको निर्देशन

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडाबाट लामागाउँ जोड्ने मोटरमार्गको एक खण्ड वर्षाका कारण भाँसिएको छ। विश्व बैंकको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना अन्तर्गत निर्माण भइरहेको उक्त सडक दुलेगौँडाको हेल्थपोष्ट चोक नजिकै भासिएर पहिरो खसेको हो ।

आइतबार रातीको वर्षापछि सडकमा समस्या देखिएपछि शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सोमबारै निर्माण कम्पनीका प्रतिनिधिलाई कार्यालयमा बोलाएर तत्काल मर्मत कार्य सुरु गर्न निर्देशन दिएका छन् । उनले यसअघि नै सडक निर्माणको गुणस्तर र कमजोरीबारे निर्माण पक्षलाई सचेत गराइएको बताउँदै अब ढिलासुस्ती नगरी काम अघि बढाउन आग्रह गरे ।

निर्माण कम्पनी बानियाँ कन्ट्रक्सन सेवाका सम्पर्क अधिकारी श्यामानन्द गुप्ताले क्षतिको बारेमा पूर्ण जानकारी रहेको भन्दै तत्काल मर्मत कार्य सुरु गर्ने आश्वासन दिए । उनले भौगोलिक संरचना कमजोर भएकाले काम अघि बढाउँदा जोखिम हुने परिस्थिति छ भन्दै यसअघि नै सडकको बीमा गरिएको जानकारी दिए । बीमा कम्पनीले स्थलगत निरीक्षण गरी क्षतिको मूल्याङ्कन गरेपछि औपचारिक रुपमा काम थालिने बताइएको छ ।

सात दशमलव एक किलोमिटर लामो यो सडक खण्ड कालोपत्र गर्न बानियाँ निर्माण सेवासँग करिब २७ करोड ३५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार यही साता काम सम्पन्न हुनुपर्ने भए पनि अहिलेसम्म जम्मा ५० प्रतिशत मात्र प्रगति भएको शुक्लागण्डकी नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख तारापति भट्टराईले जानकारी दिए ।

उनका अनुसार अब निर्माण कम्पनीलाई थप दुई महिना म्याद बढाउने तयारी भइरहेको छ । नगरवासी भने निर्माणमा ढिलाइ र गुणस्तरप्रतिको प्रश्न उठाउँदै आएका छन् । सडक निर्माण सम्पन्न नहुँदा आवागमनमा असुविधा भईरहेको भन्दै उनीहरूले तोकिएको समयमै मर्मत र निर्माण सम्पन्न गर्न नगरपालिकालाई दबाब दिइरहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker