विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा तनहुँका पत्रकारलाई स्वास्थ्य सामग्रि वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल पत्रकार महासंघ तनहुँले विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा जिल्लाका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्रि वितरण गरेको छ । पत्रकारहरुलाई महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्लेले माक्स र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइस संक्रमण जोखिम उच्च बन्दै गएपछि स्वास्थ्य सुरक्षाका लागि ख्याल गर्दै तनहुँका सय जना बढी पत्रकारहरुलाई विश्व प्रेस दिवसको अवसरमा स्वास्थ्य सामग्री प्रदान गरिएको महासंघका अध्यक्ष उज्वल पौडेलले बताए ।

कोभिड-१९ को दोस्रो लहरको महामारीबाट उत्पन्न हुन सक्ने समस्या र चुनौतीहरुप्रति सचेत रही र स्वास्थ्य सुरक्षामा पहिलो प्रथामिकतामा राखि पेशागत कर्तव्य पूरा गर्न पत्रकार महासंघ तनहुँले आग्रह गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker