बन्दीपुर केबलकारमा यात्रीहरुको आकस्मिक उद्धार अभ्यास

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका-४ ठुल्ढुङ्गामा सञ्चालनमा आएको बन्दीपुर केबलकारमा उद्धार अभ्यास गरिएको छ । बन्दीपुरहिल अन्तर्गतको बन्दीपुर केबलकारले यात्रीहरूको आकस्मिक उद्धारका लागि बुधबार यात्री उद्धार अभ्यास गरिएको हो ।

उद्धार अभ्यास कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनी उद्योगी प्लाष्टिक इन्टरनेशनल प्रालि, तनहुँ स्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, जनपद प्रहरी र कम्पनीको आकस्मिक उद्धार दल सहित ८७ जनाको सहभागिता रहेको थियो ।

भविष्यमा घट्न सक्ने कुनै पनि कठिन भन्दा कठिन घटना वा आपतकालिन समयमा यात्री एवं पर्यटकहरूले कुनै प्रकारको सास्ती अनुभव गर्न नपरोस् भन्ने मनसायले कम्पनीले अन्तर्राष्ट्रिय उद्धार प्रदर्शनी आयोजना गरेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

उनले भने, “बन्दीपुर केबलकार यस्तो कम्पनी हो जसले आकस्मिक उद्धारका लागि केबलकारको सिस्टममा नै अतिरिक्त मोटर एवं इन्जिन र सुरक्षा सम्बन्धी उपकरणहरू जडान गरेर यात्री तथा पर्यटकहरूको सुरक्षालाई प्राथमिकता दिएको छ ।” पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले यसअघि नै अन्तर्राष्ट्रिय गुणस्तर एवं सुरक्षण ग्यारेन्टी प्रमाणपत्र टियुभी प्राप्त गरिसकेको उनले बताए ।

गत जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालन सुरु गरेको केबलकारमा पर्यटकहरूको राम्रो र सकारात्मक आकर्षण बढेको देखिँदै गर्दा उद्धार अभ्यासका लागि बुधबार केबलकार सेवा बन्द गरिएको कार्यकारी निर्देशक शिवप्रसाद शर्माले बताए । आज बिहीबार बिहान पनि अन्तिम अभ्यास गरेर १० बजेदेखि नियमित केबलकार सेवा सञ्चालन हुने महाप्रबन्धक रोमनमान श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker