तनहुँ प्रशासनबाट आमाको नाममा ३ र गैर आवसीय २९ जनाले नागरिकता लिए

तनहुँ प्रशासनबाट एक वर्षमा झण्डै १.५ लाख सेवाग्राहीलाई सेवा

तनहुँ : तनहुँ जिल्लामा नागरिकलाई लक्षित सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालयको सक्रियता उल्लेखनीय देखिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आर्थिक वर्ष २०८१/८२ को समग्र सेवा विवरण सार्वजनिक गरेका छन् । उनका अनुसार गत आवमा कार्यालयबाट १ लाख ४७ हजार ८३१ जनाले विभिन्न सरकारी सेवा लिएका छन् ।

प्रजिअ अधिकारीद्वारा जारी “सेवा प्रवाहको अवस्था“ प्रतिवेदनमा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र वितरणदेखि लिएर राजस्व संकलन, गुनासो समाधान, प्रमाणिकरण सेवा, नाबालक परिचयपत्र तथा अपाङ्गता भएका व्यक्तिका लागि घरमै सेवा पु¥याउने जस्ता विषयहरू समेटिएका छन् ।

नागरिकताको हक संविधानले सुनिश्चित गरेअनुसार तनहुँमा नागरिकता वितरण र प्रतिलिपि वितरणको कार्य सशक्त रूपमा अगाडि बढाइएको छ । ८ हजार ७१८ जनाले नयाँ नागरिकता पाएका छन् भने ९ हजार १५१ जनाले प्रतिलिपि पाएका छन् । विवाह अंगीकृत, गैरआवासीय, आमाको आधारमा, नाबालक परिचयपत्र लगायतका विषयमा छुट्टाछुट्टै व्यवस्था गरिएको छ । महिनावार सेवाग्राही संख्यामा जेठ महिनामा सबैभन्दा बढी नागरिकता वितरण (२,१९१) भएको थियो ।

यस्तै, कार्यालयबाट आमाको नामबाट (वंशज) को ५ महिला र२४ पुरुष गरी २९ जनाले नागरिकता लिएका छन् भने १० जना महिलाहरुले वैवाहिक अंगिकृत नागरिकता लिएको प्रजिअ अधिकारीले जानकारी गराए । उनका अनुसार गत आवमा ३५ जनाले नागरिकता परित्याग गरेका छन् भने ३ जनाको नागरिकता रद्ध गरिएको छ ।

राष्ट्रिय परिचयपत्र वितरणमा तनहुँ जिल्ला अगाडि देखिएको छ । सार्वजनिक प्रतिवेदनअनुसार, जिल्ला प्रशासन कार्यालयले ६४ हजार ६८१ जनाको विवरण संकलन गरी १० वटै स्थानीय तहमा वितरण प्रक्रियामा पु¥याएको छ । तीमध्ये १३ हजार ५५० जनाले परिचयपत्र पाइसकेका छन्। वितरणमा शुक्लागण्डकी नगरपालिका ३१.६३ प्रतिशत प्रगतिसहित अगाडि छ भने व्यास, भानु, ऋषिङ, बन्दीपुर, म्याग्दे, देवघाट, आबुखैरेनी लगायतका पालिकामा पनि वितरण कार्य जारी रहेको प्रजिअ अधिकारीले जानकारी गराए ।

यस्तै, वैदेशिक रोजगारी र यात्राका लागि आवश्यक राहदानी सेवामा तनहुँका नागरिकहरू सक्रिय देखिएका छन् । गत आर्थिक वर्षभरिमा १३ हजार ७१५ जनाले राहदानी विवरण दिई १२ हजार २०३ जनाले राहदानी पाएका छन्। कुल लाभान्वित हुनेको संख्या २५ हजार ९१८ पुगेको छ । राहदानी दस्तुरमार्फत प्रशासनले करिब ७ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले गुनासो समाधानमा १०० प्रतिशत सफलता प्राप्त गरेको छ । नागरिकबाट प्राप्त हुने गुनासो समाधान प्रणाली अझ प्रभावकारी देखिएको प्रजिअ अधिकधारीले बताए । नागरिक एप, हेलो सरकार, क्यूआर कोड, कार्यालयमा प्रत्यक्ष निवेदन तथा अन्य माध्यमबाट प्राप्त भएका १ हजार ४६७ वटा सबै गुनासो समाधान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै, सेवामा पहुँचविहीनलाई घरमै सेवा दिइएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै घरमै गएर सेवा दिने पहल जिल्ला प्रशासनको विशेष कार्यको रूपमा प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, क्यूआर कोडमार्फत गुनासो संकलन, दैनिक सेवा विवरणको डिजिटल अभिलेख, ८५ वटा वडा कार्यालयमार्फत अनलाइन सिफारिस सेवा लगायतका नविनतम प्रविधिमा आधारित सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले चालू आर्थिक वर्षमा ७ करोड ७६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । राहदानी दस्तुर, संघ–संस्था दर्ता, हतियार नामसारी, जरिवाना र प्रशासनिक शुल्क लगायतका शीर्षकमा राजस्व संकलन भएको बताइएको छ ।

यस्तै, दलित, आदिवासी÷ जनजाति, मुस्लिम, विपन्न तथा शरणार्थी नागरिकहरूका लागि छुट्टाछुट्टै सिफारिस तथा प्रमाणिकरण सेवा दिइएको छ । यस अन्तर्गत ५ हजार ४८४ जनाले प्रत्यक्ष रूपमा कागजात प्रमाणीकरण सेवा पाएको प्रशासनले जनाएको छ ।

बजार अनुगमनका क्रममा मूल्य सूची नराख्ने, म्याद सकिएको सामान बिक्री गर्ने जस्ता अनियमितता भेटिएका थिए । अनुगमनको क्रममा रु. ५५ हजार बराबरको जरिवाना तिराइएको र १ लाख ८ हजार रुपैयाँ बराबरको म्याद सकिएको सामग्री नष्ट गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker