वैज्ञानिक खोज, सहकार्य र हाम्रो विकास

डा. प्रशान्त ध्वज अधिकारी

अनुसन्धान आँफैमा एक चुनौती तर गर्न सके अबसर भएको क्षेत्र हो । आजको दिनसम्म आईपुग्दा धेरै नेपालीहरु स्वदेश तथा बिदेशमा अनुसन्धानको क्षेत्रमा कार्यरत हुनुहुन्छ । नेपालमा अनुसन्धानको यात्रा त्यती सार्हो लामो छैन । पहिलाको रोनास्ट तर हालको नास्टमा र नार्कमा सिमित भएको वैज्ञानिक अनुसन्धान हाल विश्वबिद्यालयको केही विभागहरु हुँदै प्राइभेट तहसम्म आइपुगेको छ। तर पनि हामीले सोचेजस्तो प्रतिफल पाउन सकेका छैनौ । मेडिकल तथा कृषि जस्ता क्षेत्रमा केही उच्चकोटिका कामहरु भएपनी सरकारले लगानी गरेको नास्टबाट, केही उपलब्धिहरू हासिल गर्नु बाहेक, राम्रो प्रतिफल पाउन अझै मिहेनत तथा सहकार्यको खाँचो आबश्यक छ ।

यति हुँदाहुँदै पनि हाम्रा अनुसन्धानका गतिविधिहरू भैरहेका छन् र युवापीडिहरु माझ आकर्षा पनि केही हदसम्म बढ्दै गएको छ । यो हामीहरुको लागि सकरात्मक पाटो हो । कुनैपनि क्षेत्रमा अबसर पाउनको निम्ति कडा परिश्रम आबश्यक पर्छ नै। अझ हामीजस्ता सिमित स्रोतसाधन भएका देशका नागरिकलाई अनुसन्धानको ब्यवाहरिक सिकाईमा एक किसिमको दबाबको महशुस त छदैछ । त्यहीमाथी साधनको कमीले गर्दा, काम गर्न, सक्न वा सिक्नमै पनि ठुलो चुनौती छ, (साधनलाई एस लेखमा हाईटेक मेसिनरी यन्त्रलाई चित्रित गरीएको छ) । तर विदेशको प्रयोगशालामा साधन हुँदाहुँदै पनि सानाभन्दा साना साधनसंग हामी अव्यस्त हुन नसकोले हामीहरुले त्यता महसुश गर्ने हाम्रो कमि वा खिन्नत नै यसैको प्रयोग गर्दा आउने बेलाको समय हो। हुन् त हामीसंग सैद्धान्तिक ज्ञान भएकोले सिक्न समय त लाग्दैन, तैपनि कामको सिलसिलामा तिमीले यो त्रि्रो देशमा सिकेका थिएनौ भन्दा कताकता मनमा चसक्क पार्छ ।

अहिले अबस्था केही हदसम्म भएपनि सुधार भयजस्तो लाग्छ हामीकहाँपनी । तर अझ पनि साधन हामीकहाँ पर्याप्त छैन। जुन अझै पनि चुनौतीको रुपमा रहिरहेको छ । जति चुनौतीलाई छिचोल्दै गयो, उति नै अबसर सिर्जना हुने हो । नेपालमा बैज्ञानिक अनुसन्धान र भएका गतिविधिहरू अझ चलायमन बनाउन स्रोत र साधनको सहि उपयोग तथा आयतन बढाउदै लानुपर्ने देखिन्छ। हुन् त अनुसन्धान क्षेत्र एक महासागर नै हो। विश्वको मैं हुँ भन्ने बिकाशित रास्ट्रले पनि साधनको प्रयोग गर्दा सहकार्यलाई अपनायको देखिन्छ। स्वयं यो पंक्तिकार पनि आफुले अनुसन्धान गर्ने ठाउँमा साधन नभएकोले घण्टौं रेलको यात्रा गरी आफ्नो शेम्पल -नमुना)को टेस्ट गरी आएको अनुभब छ ।

कोभिडको समयमा सहकार्यको महत्व र यसको राम्रो अभ्यास गर्ने मौका हामीले पनि पायौ। शुरुका दिनमा हामीकहाँबाट शेम्पलको टेस्ट गर्न बिदेशी ल्याबमा पठाउने चरणबाट टेकुअस्पताल हुँदै अहिले नेपालको धेरै भु-भागमा टेस्ट गर्न सक्ने हैसियतमा हामी पनि पुगिसकेका छौं । साधनको सहि सदुपयोग शेम्पल टेस्टको चापमा भर पर्छ । जुन अहिले नेपालमा पी.सी.आर. मेसिनको प्रयोगबाट अनुभब भएको हुनुपर्छ ।

तर, जति यी मेसिन भित्रिएको छ, के तिनीहरुलाई टेस्टको चाप पुगेको छ, वा अधिक्तम प्रयोग गर्न सकेका छौ त ? कुनै पनि हाईटेक साधनको उपयोगिता हामीले गर्न सक्ने टेस्ट र यसबाट पायको डाटाको अध्ययन नै हो । हाम्रो देशमा करौडौका हाईटेक साधनहरु होलान, के तिनीहरुलाई टेस्टको चाप पुगेको छ होला त ? कुन संस्थामा कुन साधान छ ? त्यसको सहि जानकारी चाहे सरकारी निकायका हुन् वा प्राइभेट वा कम्पनीस्तरका हुन्, अनुसन्धानकर्ता माझ पुग्न सके र यसको पहुँचलाई र्सबसुलभ तरिकाबाट उपयोग गर्न दिए वैज्ञानिक अनुसन्धानको लागि सानोतिनो भयपनि राहत हुने थियो । हुन् त यस्ता साधनको स्तर हेरिकन प्रति टेस्ट अनुसार शुल्क लिन सक्ने बिधि पनि बसाल्न सकिन्छ । जस्ले गर्दा साधनको अधिक्तम उपयोग अनि यसबाट केही हदसम्म आम्दानी पनि सम्बन्धित निकायलाई हुन सक्ने बाताबरण बन्न सक्छ ।

वैज्ञानिक अनुसन्धानमा शेम्पलको तयारी गर्ने बिधि केही हदसम्म खर्चको हिसाबले थाम्न सकिने स्थिति भएपनि, यसको बिस्तृत अध्यन तथा उपयोगिताको जानकारी लिन हाईटेक साधनहरु चाहिने भएकाले हाम्रा खोजलाई सहि मुल्याङ्कन गर्न नसक्ने अबस्था आउन् सक्छ । हामीलाई मार पर्ने नै यहिनिर हो। अब यस्ता साधनहरु हामीले एकै ठाउँमा जम्मा पार्छु भन्न सकिदैन । जुन हामी जस्ता अल्पविकसित राष्ट्रले खर्चको हिसाबले धान्न सक्ने अबस्था नै छैन। त्यसैले महंगा साधन किन्दा हाम्रा ल्याबहरुमा उही प्रकृतिका नपरुन । अनुसन्धानलाई अघि बढाउना सबै निकाएले सहकार्य गर्न सके र आबद्व संस्थाले युवापिढीहरुलाई अगाडी बढाउने उत्वरदायित्व सम्झे, यसमा अझ अघि बढ्न सहज होला । तर यी सब शंस्थाहरु बीच समन्यको खाँचो छ । यी संस्थाहरुलाई राम्रोसँग जोड्न सके, हाम्रा अनुसनधानलाई अघि बढाउन सानोतिनो भएपनि टेवा मिल्ने थियो । बस आबश्यक छ, निर्माण गर्न पुलको, जस्ले यी संस्थाहरुलाई जोडिदियोस ।

हाम्रा निबर्तमान प्रधानसेनापतिले आफ्नो अवकाशपछिको जीवन कृषिमा बिताउने उद्घोष गर्नु भएको थियो । जहाँसम्म लाग्छ, अधिकांशले अवकाश पछि केही समय यता तिर नै ध्यान दिन सके बाँझो जमिनको सदुपयोग हुन्सक्छ । यसबाट कृषि उपत्दान बढाउन तथा खाद्यन्यमा आत्मनिर्भर हुनको लागि सानोतिनो भएपनि मद्दत अबश्य नै मिल्ने छ । लामो समय पेशामा रहेकाहरुसंग स्रोत तथा चिन्तन दुबै हुने भएकोले, यी दुबै चिजलाई सदुपयोग गर्न सके वा उहाँहरु मध्ये केही मात्रले पनि आफ्नो चिन्तन सफल गराउन सके ठुलो कृषि उत्पादन उद्योग स्थापना हुन् सक्ने अवस्था आउन सक्छ। जसबाट रोजगारीको ढोका पनि खुल्नसक्छ। त्यसैले यो पनि अवकाश पाप्त ब्यक्तिहरुको लागि एक किसिमको टेस्ट नै हो, किनकि यो पनि एक किसिमको ब्यहारीक वैज्ञानिक अनुसन्धान नै हो। अर्कोतिर उहाँहरुले, यो बाटो समात्नु भनेको निरोगी हुने बाटोतिर जानु हो। जस्ले उपचारको नाममा हुने राज्यको करोडौ रुपैया खर्च जोगाउन सक्छ। अर्कोतिर अवकाश पछि ओगटिएका राज्यका केही स्थान भएपनि उर्जाशील युवाहरुको हातमा जाने मौका आउन सक्छ।

एसियाका हाल उच्च दरमा आर्थिक बिकाश गर्ने केही राष्ट्रले नागरिकहरुलाई शुरुमा राज्यले नै लगानी गरी बिदेशमा अध्ययन अनुसन्धानमा पठाऊन शुरु गर्न थाले। तिनीहरुको सीपलाई राज्यले सदुपयोग गर्‍यो । त्यही भएर उनीहरुले बिकासको गति समाते । जुन काम अहिले आएर ति राष्ट्रहरुमा केही कमी भएपनि निरन्तरता चाहिँ अझैँ पनि छ । अझ अर्को सब्दमा भन्नुपर्दा, आज तिनिहरुकोमा स्तिथि त्यो छैन । बरु अरु रास्ट्रका नागरिकहरु अबको समयमा उनीहरुकोमा आउनु पर्ने अबस्था पनि बिस्तारै सृजना हुँदैछ । हामीकहाँ आफ्नै बलबुतामा बिदेशमा वा स्वदेशमा अध्ययन अनुसन्धानमा लागेका वा विदेशबाट काम गरी फर्केका, काम जुनसुकै क्षेत्रमा भएपनि, तिनीहरुले सिप लियर आएका छन । त्यो सिपलाई राज्यले कसरी सदुपयोग गर्छ। यो टेस्टलाई राज्यले सफल बनाउन सके फाईदा हुने राज्यलाई नै हो, यो पनि राज्यका लागि सामाजिक अनुसन्धान हो । हुन त सबल चिजमा राज्य जहिले पनि दाहिना हुनुपर्छ । त्यो भए राज्यका संस्थाहरु राम्रा हुन् सक्छन । संस्थाहरु बलिया र राम्रा भए समाज राम्रोसँग विकास-निर्माण हुने बाटोमा जान्छ। समाज विकासित बने देश त्यसै बन्छ। देश बने हामीहरु पनि त्यसै बनिहाल्छौ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker