नेपाल मगर संघ म्याग्देमा नयाँ कार्यसमिति चयन

म्याग्दे : नेपाल मगर संघ म्याग्दे गाउँकार्य समिति तनहुँको छैंटौ साधरण सभा तथा चौथौ अधिवेशन शनिबार थर्पुमा सम्पन्न भएको छ। अधिवेशनले रनबहादुर थापा अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मदन थापा, सचिवमा देवेन्द्र थापा, कोषाध्यक्षमा भीमबहादुर थापा, सहसचिवमा कोपिला थापा, सदस्यहरूमा गिरिराम थापा, गुनी आले, सुमी थापा, पवित्रा थापा, जौमाया थापा, छलीकुमारी थापा, सञ्जय आले, काशीमाया थापा, एकबहादुर थापा, दुर्गा थापा, ओमीसरा थापा, लक्ष्मी मस्राङ्गी, मीनबहादुर आले र छबिलाल सुनारी चयन भएका छन् ।
निवर्तमान अध्यक्ष नरसिं रानाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष मनिराज थापा, नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग सिंह थापा, संस्थापक अध्यक्ष श्री बहादुर थापा, म्याग्दे गाउँपालिकाका पूर्व अध्यक्ष मायादेवी राना, नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य नरमाया आले, नेपाल मगर संघ गण्डकी प्रदेश पुर्व सदस्य भिम कुमारी आले लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।










