म्याग्देमा वाल संरक्षण समितिको क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाको श्रम अनुगमन समिति तथा वाल संरक्षण समितिले क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम गरेको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले म्याग्दे गाउँपालिका वालश्रममुक्त पालिका घोषणा भईसकेको र अब वालमैत्री पालिका घोषणाको अभियानमा अगाडी बढेको बताए ।

अध्यक्ष श्रेष्ठले भने, ‘वालवालिकाको हक अधिकारका लागि पालिका प्रतिवद्ध छ। आजको वालवालिका भोली देशको कर्णधार भएको हुँदा पालिकामा वाल अधिकारको रक्षाको लागि सक्दो भुमिका खेल्ने छ।’

गाउँपालिका स्तरीय वालसंरक्षण समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष वालकृष्ण घिमिरेको अध्यक्षतामा दुइ दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रममा म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्ष, सचिव तथा महिला विकास तथा समाजकल्याण शाखा प्रमुख शारदा गैह्रे लगायतको सहभागितामा थियो भने एकीकृत हरित विकास नेपाल र ग्लोवल फेयरनेसले संयोजन गरेका थिए ।

कार्यक्रममा वालश्रम अभिमुखीकरण, वाल श्रम सम्वन्धि राष्ट्रिय नीति, गुरुयोजना २०७५-२०८५, स्थानीय तहमा वालश्रम निवारणको महत्व, वालश्रम मुक्त स्थानीय तह घोषणाको सुचकहरु म्याग्दे गाउँपालिकाको स्थितिका विषयमा प्रशिक्षक हरिसिंह गुरुङले सहजिकरण गरेका थिए ।

गाउँपालिका, जिएफआई र एकीकृत हरित विकास नेपालको सहकार्य एवं आर्थिक सहयोगमा वालश्रममुक्त म्याग्दे गाउँपालिका निर्माण गर्न सरोकारवालको क्षमता विकास गर्दे अनुगमन संयन्त्रलाई सक्षम, दिगो बनाउन र भविश्यमा वालमैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथ कार्यक्रम संचालन गरिएको एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरि जिसीले बताए ।

कार्यक्रममा गुडवेभका उमेश कुइकेल, जिएफआईका सुदिप सेर्डाईले बालश्रम अनुगमनमा वडा वाल संरक्षण समितिको भुमिका र चेकलिस्ट अभ्यासको तथा नमुना नगरपालिकाको अवधारणा र वालश्रम श्रमनितीका विषयमा सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker