एसईई र कक्षा १२ को परीक्षा स्थगित

भञ्ज्याङ न्यूज

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले कोभिड–१९ को संक्रमण उच्च भएकाले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले परीक्षा गर्न सक्ने अवस्था नभएकाले बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको बताए । अध्यक्ष पौडेलले भने, ‘अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको छ ।’

कोभिड–१९को महामारीका कारण परीक्षा के गर्ने, यस्तै अवस्था लामो समय रहँदा के गर्ने भन्ने निर्णय नहुँदा विद्यार्थीदेखि अभिभावकसम्म अन्योलमा परेका थिए । बोर्डले १३ जेठदेखि एसइइ र २६ जेठदेखि कक्षा १२ को परीक्षा तय गरेको थियो ।

एसईईको परीक्षाका लागि सबै जिल्लाबाट गरी दुई हजार १५ परीक्षा केन्द्रका लागि सिफारिस भएर आएका थिए । ०७७ सालको एसईईमा करिब पाँच लाख १५ हजारले आबेदन भरेका थिए । कक्षा १२ को एकिन बिबरण नआए पनि साढे चार लाखको हारहारीमा हुने आंकलन थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker