नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

नबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । ज.ज.कको अभियोगमा भिमाद नगरपालिकाबाट ३ र देवघाट गाउँपालिकाबाट एक गरी ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी उपरीक्षक अपिल बोहोराका अनुसार १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद–५ वाङटेङटारका ४३ वर्षीय चित्रबहादुर कामी र २६ वर्षीय सुबिन्द्र कामीलाई पक्राउ गरिएको छ । गत असार १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पीडितका वुबाले इलाका प्रहरी कार्यालय बेलचौतारामा लिखित निवेदन दिएपश्चात प्रहरी निरीक्षक गणेश सुवेदिको कमाण्डमा ५ जनाको टोलीले उनीहरुलाई म्याग्दे गाउँपालिका–३ धयरेबाट लुमिछिपी बसिरहेको अबस्थामा पक्राउ गरेको बताइएको छ ।

यस्तै, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद–८ राङरूङका करिव ३० वर्षीय बिरेन्द्र परियार पक्राउ परेका छन् । गत २५ गते परियारले ती बालिकालाई आफ्नै मकै बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले परियारलाई उनकै घरबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यलयले बताएको छ ।

यसैगरी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा देवघाट–२ देउपुरका २२ वर्षीय ईश्वर थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो बास्तविक परिचय गोप्य राखी वीर अस्पतालमा कार्यरत रहेको भनी अनुचित प्रभावमा पारी बालिकालाई गत जेठ ५ गते जबरजस्ती करणी गरेको अभियोगमा ईश्वरलाई देवघाट–२ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुलाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker