म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो आफ्नै लोगो

  • भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाले आफ्नै लोगो तयार गरी सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष मायादेवी रानाले गाउँपालिकाको पहिचान झल्कने लोगो र्सार्वजनिक गरेकी छन् ।

गाउँपालिकाको लोगोमा राष्ट्रिय झण्डा, सातवटै वडाका संकेत तथा अकला मन्दिरका साथै म्याग्दे खोला, गाउँपालिकाको नक्सा, शान्तिको प्रतिक परेवा तथा झरना समावेश गरिएको छ । यसले गाउँपालिका समृद्ध रहेको संकेत प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
परामर्शदाता विनिता रानामगरले लोगो तयार पारेको गाउँपालिकाले जनाएको छ । आफ्नै लोगो तयार गर्ने म्याग्दे तनहुँको पहिलो पालिका हो । गाउँपालिकाबाट सबै कार्यपालिका सदस्यहरूलाई एक एक थान लोगो उपलब्ध गराइएको र मंगलबारबाट सबै वडामा एक साथ प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker