यस वर्षको एसइई चैत पहिलो साता, उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

यस वर्षको एसइई परीक्षा चैतको पहिलो साता हुने भएको छ। विद्यालय शिक्षा विधेयक टुङ्गो नलाग्दा परीक्षाका विषयमा अन्योल कायम रहेका बेला चैत पहिलो साता हुने यस पटकको एसइई परीक्षा नयाँ पाठ्यक्रम अनुसार राष्ट्रिय परीक्षा बोर्डले चैतको पहिलो सातादेखि परीक्षा गर्ने जनाएको हो।

परीक्षा पास गर्न विद्यार्थीले सबै विषयमा कम्तीमा ३५ प्रतिशत अङ्क अनिवार्य ल्याउनु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो। नयाँ पाठ्यक्रमले विद्यार्थीको उत्तीर्ण पुर्णाक ३५ प्रतिशत कायम गरेको जनाउँदै राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘हरेक विषयमा उत्तीर्ण हुन ३५ प्रतिशत अङ्क विद्यार्थीले ल्याउनु पर्छ। नत्र नन ग्रेड अर्थात् एन जी समूहमा पर्ने छन्।’ उनका अनुसार ग्रेडिङ प्रणाली लागु भए पनि नयाँ पाठ्यक्रमले पास मार्क नल्याउनेलाई नन ग्रेडमा सूचिकृत गरिनेछ।

यस वर्ष एसइईमा सहभागी हुन कुल ४ लाख ८९ हजार ४ सय ४४ विद्यार्थीले रजिस्टेशन गरेका छन्। त्यसमध्ये खुला विद्यालयका करिब १२ हजार गरी कुल ५ लाख विद्यार्थी एसइईमा सहभागिता जनाउने छन्। कुल परीक्षार्थी मध्ये छात्रको सङ्ख्या २ लाख ४६ हजार ४ सय छात्राको सङ्ख्या २ लाख ४३ हजार ४ सय ४० मात्र रहेको उनले जनाए। बागमती प्रदेशमा सबै भन्दा धेरै एक लाख ३ हजार ४ सय ५७ परीक्षार्थी छन् भने सबै भन्दा कम मध्यपश्चिम प्रदेशमा ३२ हजार ५ सय ५८ मात्र छन्।

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यस पटकको एसइई परीक्षा क्यालेन्डर अनुसार चैतमै हुने र यसको तालिका माग पहिलो साता प्रकाशित गरिने तयारी पुरा भएको जनाए। अध्यक्ष शर्माले भने ‘प्रश्न पत्र निर्माण र नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने काम यो वर्ष पनि बोर्डले नै गर्छ। तर परीक्षा सञ्चालन र व्यवस्थापनको काम प्रदेश सरकारले गर्छ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker