कोरोनाबाट वडामा एकै समुदायका नौको मृत्यु

दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । एक वडामा यति धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको दैलेखमा पहिलो हो ।

मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन छिमेकीको ज्वरो आउने, शरीर र छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताउनुभयो । उहाँहरुको परीक्षणविनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको बताइएको छ ।

अन्य ६ मध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताउनुभयो । कामका लागि भारत गएका स्थानीयवासी घरमा फर्केसंँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

एउटै टोलमा एक सयभन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker