शालिग्राम करिडोरमा पुल निर्माणले गतिलिदै

  • भञ्ज्याङ समाचारदाता (दमौली)

शालिग्राम करिडोर अन्तरगत तनहुँ खण्डमा पक्कि पुल निर्माण कार्यलाई गतिदिन थालिएको छ। धार्मिक महत्वसमेत बोकेको यो करिडोरलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनामा राखेर सडक विस्तार तथा सडकमा पर्ने खोलाखोल्सीमा पक्कि पुल निर्माण कार्यलाई तीब्रता दिन थालेको छ । तनहुँको देवघाटबाट मुस्ताङको मुक्तिनाथसम्म जोड्ने छोटो दूरीको शाल्रि्राम करिडोरमा अहिले एकैसाथ दुइ पक्की पुल निर्माण शुरु गरिएको छ । उक्त करिडोरअन्तर्गत ऋषिङ गाउँपालिकाका दुइ खोलामा पक्की पुल निर्माण शुरु गरिएको हो । शालिग्राम लोकमार्गको चर्चा चले पनि बजेट अभावले काम सुस्तगतिमा अगाडि बढिरहेको सन्दर्भमा प्रदेश सरकारको गौरवको योजनामा शाल्रि्राम करिडोरलाई महत्वका साथ राखेर काम अगाडि बढाइएको हो ।

यस वर्ष शालिग्राम करिडोरको तनहुँ खण्डमा कामले गति लिएको छ । लोकमार्गको बैडी-घिरिङ-देवघाट खण्डको २१.५ किलोमिटर सडक स्तरोन्नतिको काम दुइ महिना अगाडि नै शुरु भइसकेको छ । घिरिङ गाउँपालिका-१ स्थित द्वपदी खोलामा पक्की पुल निर्माणसमेत थालिएको छ ।

करिडोर लोकमार्गमा पर्ने दुइ खोलामा एकैसाथ पक्की पुल शिलान्यास गरी निर्माण शुरु गरिएको छ । ऋषिङ गाउँपालिका-४ र ५ लाई जोड्ने गरी ज्वालाखोलामा र ऋषिङ-५ को रुपटार र पिपलटारलाई जोड्ने गरी लुम्दीखोलामा बन्ने पक्की मोटरेबल पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका छन् ।

पूर्वाधार विकास कार्यालयका अनुसार ज्वालाखोलामा २५ मिटर लामो र ८.४ मिटर चौडाको ओपन फाउण्डेशनको पुल बन्नेछ । आगामी असार २५ गते निर्माण सम्पन्न गर्ने गरी यती बिल्डर्स प्रालि ललितपुरलाई ठेक्का दिइएको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए । रु चार करोड २१ लाखको स्टिमेट गरिए पनि रु तीन करोड २१ लाख एक हजार ६३७ मा ठेक्का लागेको छ ।

लुम्दीखोलाको पुल पनि ओपन फाउण्डेशनमै बन्नेछ । ५० मिटर लम्बाइ र ८.४ मिटर चौडाइको पुल निर्माणका लागि वाइएसएस निर्माण सेवा सुर्खेतले रु पाँच करोड ५१ लाख ९२ हजार २४० मा ठेक्का सम्झौता गरेको ढुङ्गानाले जानकारी दिए । यो पुल आगामी भदौ १० गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।
स्थानीयवासी लक्ष्मण श्रेष्ठले करिडोर निर्माणले गाउँमा विकासको लहर ल्याउनेमा विश्वस्त रहेको बताए । उनले सडक पुलसँगै गाउँमा खानेपानी, सिँचाइ र बिजुली बत्तीको आवश्यकता रहेको बताए । उनले भने, ‘सिँचाइको मात्रै व्यवस्था भयो भने यहाँका सुख्खा फाँटहरु हराभर हुनेछन् । आफ्नै उत्पादनले खान पुग्ने थियो ।’

आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले शाल्रि्राम करिडोर आसपासका स्थानीवासीयको जीवनस्तर उकास्न महत्वपूर्ण रहेको बताउनुभयो । ‘प्रदेश सरकारले यो लोकमार्गलाई गौरवको योजनामा समावेश गरेर प्राथमिकता दिएको छ’, उनले भने । पुल निर्माणको काम दु्रतगतिमा अगाडि बढाएर सम्झौता मितिभित्रै सम्पन्न गर्न मन्त्री गुरुङको निर्देशन छ । उनले भने, ‘समयमै काम सम्पन्न भएमा भुक्तानीका लागि प्रदेश सरकार तत्पर छ । काममा ढिलाइ भयो भने बजेट व्यवस्थापनमा समस्या हुन्छ ।’ विकास निर्माणमा राजनीतिक आग्रह पूर्वाग्रह राख्न नहुने मन्त्री गुरुङको भनाइ थियो । संघीयताको कारण विकास निर्माण तीव्रगतिमा अगाडि बढेको उल्लेख गर्दै मन्त्री गुरुङले प्रतिनिधिसभा भए पनि गण्डकीमा नेकपाकै सरकार रहने र विकासको गति नरोकिने दाबी गरे । जनताको आवश्यकता पूरा गर्न सरकार सदैव तयार रहेको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker