डुम्रे–बेँसीसहर सडकखण्डको उदिपुरमा पहिरो खस्दा सडक अवरुद्ध
भञ्ज्याङ न्यूज

लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुर खण्ड अवरुद्ध भएको छ ।
शनिबार साझदेखी लगातारको वर्षाका कारण उक्त सडकखण्ड शनिबार रातीदेखि अवरुद्ध भएको हो ।
बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गतबर्ष पनि उक्त ठाउँमा पहिरो गएकाे थियो ।
लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीका अनुसार बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।
नयाँ ट्रयाक खोलेर बैकल्पिक बाटो खोजि गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युत बिलास पन्तले बताए ।
उनका अनुसार सडकको १ सय मिटर माथी बाट पहिरो खसेको छ तत्काल सडक खुलाउन सकिँदैन यसका लागि बैकल्पिक बाटो खोज्नुपर्छ ।