तनहुँ उद्योग वाणिज्य संघद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघले दमौली अस्पताललाई छ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अस्पतालमा भर्ना भएर उपचार लिइरहेका कोभिड-१९ का संक्रमित बिरामीको उपचारमा सहजता ल्याउन भन्दै संघले अक्सिजन भरिएका सिलिण्डर सहयोग गरेको हो ।

संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल पौडेललाई ती सिलिण्डर हस्तान्तरण गरेका हुन् । संघले शुरु गरेको कोभिड संकट व्यवस्थापन महाअभियान अन्तर्गत शुभेच्छुकबाट संकलित रकमबाट सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

संघले दमौलीसहित भानु, बन्दीपुर, म्याग्दे र आँबुखैरेनीका स्वास्थ्य एकाईमा समेत सहयोग गर्ने तयारी गरेको छ । हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, पूर्व अध्यक्ष शंकरलाल राजभण्डारी, संघका प्रथम उपाध्यक्ष इमकुमार मल्ल, द्वितीय उपाध्यक्ष कुमार मल्ल, महासचिव सुबोध अधिकारी, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ, महिला उद्यमी समिति सभापति शकुन्तला आले लगायतले कोभिड महामारिबाट बच्नका लागि सबै सचेत बनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker