पाँचौं निर्वाचन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला निर्वाचन कार्यालय तनहुँले पाँचौं निर्वाचन दिवस २०७७ का अवसरमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुका भूमिका विषयक अन्तरक्रिया कार्याक्रम गरेको छ । अन्तरक्रिया कार्याक्रममा निर्वाचन आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना सम्बन्धी सामान्य जानकारी, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७८ सम्बन्धी आयोगका गतिविधि, निवाचन आचारसंहिताका विभिन्न पक्षहरुमा विषयमा निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले सहजिकरण गरिएका थिए ।

आचारसंहिता लागु हुने निकाय र व्यक्तिहरु, निर्वाचनका समयमा सबैले पालना गर्नुपर्ने सामान्य आचरणका विषयमा सहभागिहरु बीच अन्तरक्रिया गरिएको थियो । जसमा नेपाल सरकार तथा नेपाल सरकारका मन्त्री, प्रदेश सरकार तथा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारी, संवैधानिक निकाय तथा सोका पदाधिकारी, सरकारी अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा यसका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारी, संघ, प्रदेश र स्थानीय सरकारका कर्मचारी पालना गर्नुपर्ने आचरणका विषयमा प्रमुख शर्माले सहजिकरण गरेका थिए ।

त्यस्तै, निर्वाचनको काममा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण, राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठन, जुलुस, आमसभा, कोणसभा, र्‍याली, बैठक एवं भेला, सवारी साधन प्रयोग, सञ्चार माध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरणका विषयमा पनि छलफल गरिएको थियो । निर्वाचन खर्च सम्बन्धी आचरण, मौन अवधिमा, मतदाता, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि, आचरण सम्बन्धी अन्य व्यवस्थाहरु, निर्वाचन आचारसंहिता कार्यान्वयन अनुगमन संयन्त्र, निर्वाचन आचारसंहिता कार्यान्वयन अनुगमनकर्ता, आचारसंहिता सम्बन्धी उजुरी जस्ता विषयमा निर्वाचन कार्यालयले जानकारी गराएका थियो ।

पाँचौं निर्वाचन दिवसको अवसरमा निर्वाचनमा सबै, सधैं, संगै भन्ने भावले निर्वाचनमा सहभागी भई निर्वाचन आचारसंहिताको पालना गर्नु गराउनु हामी सबैको कर्तव्य रहेको प्रमुख जिल्ला अधिकारी सागार आचार्यले बताए । यस्तै, जिल्ला निर्वाचन कार्यालयले अध्यवदी गर्दासम्म २ लाख ३१ हजार ४२० जना मतदाताको संख्या जिल्लामा रहेको बताएको छ । यसमध्ये करिव १४ सय जनाको नाम मृत्यु प्रमाणपश्चात मतदाताबाट हटाइएको छ । हालसम्म जिल्लामा १३६ वटा मतदान केन्द्र रहेको र केन्द्र बढाउने सम्वन्धमा कुनै छलफल नभएको कार्यालयले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा जिल्लामा दुइ लाख ११ हजार ३९६ मतदाता थिए । गत पुस ५ गतेभन्दा अगाडि दुइ लाख ३१ हजार ४२० मतदाता पुगेको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी गराए । तनहुँमा गत निर्वाचनमा दश वटै स्थानीय तहमा गरी १३६ मतदानस्थल र २६५ मतदान केन्द्र रहेका छन् । सरकारले वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेसँगै तनहुँमा निर्वाचनको तयारी शुरु गरिएको छ । कार्यालय प्रमुख शर्माका अनुसार माघ १५ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ । कार्यालयले जिल्लाका १० वटै स्थानीय तहमा सहायक नामदर्ता अधिकारी तोकिसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker