दमौली खानेपानीद्वारा नगर विकासलाई रु नौ करोड भुक्तान बाँकी

कृष्ण न्यौपाने

तनहुँको सदरमुकाम दमौलीमा खानेपानी उपलब्ध गराउँदै आएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नगर विकास कोषलाई रु नौ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत नगर विकास कोषले दमौली खानेपानीलाई ऋण उपलब्ध गराएकामा संस्थाले रु नौ करोड पाँच लाख ३७ हजार २६४ भुक्तानी गर्नुपर्ने देखिएको हो ।

विसं २०७० असार २० गतेको सम्झौताअनुसार नगर विकास कोषले संस्थालाई रु १२ करोड दुई लाख ७७ हजार १७४ ऋण दिएकामा रु दुई करोड ९७ लाख ३९ हजार ९०९ भुक्तान भइसकेको छ । साथै संस्थाले हालसम्मको रु एक करोड ९२ लाख ५२ हजार ७८८ ब्याज भुक्तानी गरिसकेको खानेपानी संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिनुभयो ।

खानेपानी आयोजना निर्माणका क्रममा नेपाल सरकारको ५० प्रतिशतले हुन आउने रु १२ करोड ६७ लाख ३२ हजार २९६, उपभोक्ता संस्थाको रु १२ करोड ६७ लाख ३२ हजार २९६ लगानी गरिएको थियो । त्यसमध्ये पनि रु १२ करोड दुई लाख ७७ हजार १७४ संस्थाले र रु ६४ लाख ५५ हजार १२२ जनताबाट उठाइएको थियो ।

दमौली खानेपानी संस्थाले व्यास नगरपालिका–२, ३ र ४ मा खानेपानी सुविधा उपलब्ध गराउँदै आएको छ । यी तीनवटा वडामा तीन हजार ४०६ निजी धारा र १२० कार्यालय सङ्घसंस्था गरी तीन हजार ५२६ धारा जडान गरिएको छ । आयोजनाको मुख्य स्रोतहरू गुणादी वाराही मूल खानेपानी मुहानदेखि फिल्टर ट्याङ्कीसम्म ९.२ किमी, मादी नदी सम्वेलबाट बाघभञ्ज्याङ फिल्टर ट्याङ्कीसम्म ०.९५ किमी, बाघभञ्ज्याङबाट फिल्टर ट्याङ्कीबाट साँखरसम्म १.१९५ किमी र साँखरबाट शीतलचोक ट्याङ्कीसम्म ०.४४० किमी हुन् । आयोजनाअन्तर्गत दुईवटा इन्टेक, तीनवटा ग्रिट च्याम्वर, पाँचवटा पानीपोखरी, पानी प्रशोधन प्रणाली, २.६३ किमी मुख्य प्रसारण लाइन, ६२ किमी वितरण पाइप सञ्चालनमा रहेको छ ।

मादी नदीबाट पम्पिङ प्रणालीबाट पानी तानेर फिल्टर गरी वितरण गर्ने उद्देश्यसहित विसं २०६९ पुस २० गते चार पक्षबीच सम्झौता भएको थियो । आयोजनाको निर्माण विसं २०७५ असार मसान्तमा सम्पन्न भएको थियो । हाल दमौली बजारमा दैनिक ३१ लाख लिटर पानी आवश्यक पर्ने भए पनि आवश्यकतानुसारको वितरण हुन नसकेको गिरीले बताउनुभयो । “केही हदसम्म खानेपानीको अभाव हटाउन यस आयोजनाले सहयोग गरे पनि पर्याप्त खानेपानी उपलब्ध गराउन सकिएको थिएन, अझै पनि मालपोत लाइन र देउरालीनगरमा पानी अभाव यथावत छ”, उहाँले भन्नुभयो, “उक्त क्षेत्रमा सहजरूपमा खानेपानी उपलब्ध गराउन समिति लागिपरेको छ ।”

संस्थाले ० देखि ७ युनिटसम्म न्यूनतम रु १०० महसुल दर निर्धारण गरेको छ । साथै आठदेखि १० युनिटसम्म प्रतियुनिट २५, ११ देखि १५ सम्म प्रतियुनिट रु ३०, १६ देखि २० सम्म प्रतियुनिट ३५, २१ देखि २५ सम्म प्रतियुनिट ४०, २६ देखि ३० सम्म प्रतियुनिट ४५ र ३१ माथि प्रतियुनिट रु ५० कायम गरिएको छ । संस्थाले व्यास नगरपालिका–२, ३ र ४ का सम्पूर्ण क्षेत्रमा खानेपानी सेवा सञ्चालनलाई निरन्तरताका दिनुका साथै गुणादी मुहानलाई व्यवस्थित गर्ने, जनसङ्ख्याको बढ्दो चापलाई मध्यनजर गर्दै बजारमा पर्याप्त खानेपानी उपलब्ध गराउन नयाँ स्रोतको खोजी गर्ने तयारी गरेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker