भानु नगरपालिकाद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग , शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने

भानु : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भानु नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले नगरपालिकाका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले भानु नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट समेत बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । विभिन्न श्रेणीका शिक्षक तथा कर्मचारीको तलबबाट रु ३६ लाख ५२ हजार संकलन गरी कोषमा जम्मा गरिने उनले जानकारी गराए ।

नगरपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट प्राप्त हुने रु ३६ लाख ५२ हजार बराबर जम्मा हुने रकम व्यवस्थित रूपमा संकलन गरी कोषमा जम्मा गर्ने जनाएको छ । नगरपालिकाका जनप्रतिनिधिले कम्तीमा १० दिनको सेवा–सुविधा बराबरको रकम सहयोग गर्ने निर्णय गरेको त्रिपाठीले जानकारी दिए ।

उक्त रकम बाढीमा परी हालसम्म सम्पर्क स्थापित हुन नसकेका नगरवासीको खोज तथा उद्धार कार्यमा सहयोग गर्न प्रयोग गरिने उनले बताए । रसुवामा आएको बाढीका कारण विभिन्न स्थानमा पुगेका तथा हालसम्म परिवारको सम्पर्कमा नआएका भानु नगरवासीको खोजीलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

सम्पर्कविहीन नागरिकको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गर्ने नगरपालिकाले जनाएको छ । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिले विपद्को यस कठिन घडीमा रसुवावासी तथा प्रभावित नागरिकप्रति उच्च मानवीय संवेदना, ऐक्यबद्धता र सहयोग आवश्यक रहेको धारणा राखेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker