विपन्न समुदायको सारथी व्यास नगर जेसीज

तनहुँको व्यास नगरपालिका-९ गजौंडेकी विपन्न समुदायएकी एक महिलालाई उद्धार गरी दमौली अस्पतालमा ल्याइदै । निषेधाज्ञाका काराण समस्यामा परेका विपन्न समुदायलाई व्यास नगर जेसीजले निःशुल्क सवारी साधान उपलब्ध गरी उद्धार तथा उपचार सेवा प्रवाह गर्दै आएको छ । नीजि र रिजर्भ सवारी साधान प्रयोग गर्न नसक्नेका बिपन्न समुदायका नागरिकलाई जेसीजले जेठ ३१ गतेसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउने अध्यक्ष लक्ष्मीभक्त खनालले बताए । तस्विर : भञ्ज्याङ










