कोरोनाको दोश्रो लहर : तनहुँमा २४ सय बढि कोरोना संक्रमित, ६९ जनाको मृत्यु

भञ्ज्याङ समाचारदाता/दमौली

नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण अहिले समुदायस्तरमै फैलिएको छ । संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै स्थानीय प्रशासनले गत वैशाख २३ गतेदेखि जेठ मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि दैनिक जसो कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएको छ । स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार विहीबार मात्रै तनहुँका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार बैशाख महिना यता ३ हजार ८०८ जनाको पीसीआर र १ हजार ४६८ जनाको एन्टिजेन प्रविधिबाट गरिएको कोरोना परीक्षणमा २ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित मध्ये हालसम्म १ हजार १६७ जना निको भएका छन् । विहीबार मात्र ३४ जना निको भएको स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै, संक्रमित मध्ये ७ जना एचडियूमा, ३ जनाको आइसियूमा र ५७ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ भने १ हजार ११८ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।

तनहुँका १० वटै स्थानीय तहको सक्रियतामा जिल्लामा १९५ बेड क्षेमताको १२ वटा अस्थायी कोभिड १९ अस्पताल तथा आइसोलेसन केन्द्र तयारी गरिएको छ । जिल्लामा ७ वटा आइसियू, ४ वटा भेन्टिलेटर बेड रहेका छन् भने ३४८ वटा अक्सिजन सिलिन्डर र २९ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker