तनहुँमा जलेका कार्यालय सरसफाइ गरी अत्यावश्यक सेवा सञ्चालनको तयारी

दमौली : जेनजी आन्दोलनका क्रममा तनहुँमा भएका सरकारी कार्यालय तोडफोड र आगजनीपश्चात् अत्यावश्यक सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै कार्यालयलाई परिपत्र गर्दै क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन गरी प्रशासन कार्यालयलाई उपलब्ध गराउन परिपत्र गरेको जानकारी दिनुभयो । तोडफोड र आगजनीबाट कार्यालयमा भएका फोहर सरसफाइ गर्न समेत कर्मचारीलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश कार्यालय तोडफोड र आगजनी भएका छन् । सबै व्यवस्थापन मिलाएर सेवा प्रवाह गरिनेछ । अत्यावश्यक सेवा भने तत्कालै सञ्चालन गरिनेछ ।”

जेनजीको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, व्यास नगरपालिका, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, डिभिजन वन कार्यालयका भवन र सवारीसाधन तोडफोड र आगजनी गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker