देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ। बालुवाटारमा जाारी केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन् ।

बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्दै निवर्तमान सांसदलाई २ दिनको समय दिइएको बताए ।

बैठकमा अध्यक्ष ओलीले पार्टीको नेता हो भन्ने तर अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र विपक्षीको हित ह’ने कार्य गर्ने कुरा स्वीकार्य नहुने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker