सत्तरी दिनमै सयपत्री  तयार

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिकामा रोपेको ७० दिनमै सयपत्री फूल बिक्रीका लागि तयार भएको छ । यहाँका दुइ महिला समूहले लगाएको सयपत्री फूल बिक्रीका लागि तयार भएको हो । गाउँपालिकाको सहयोगमा दुइ ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको थियो ।
आँबुखैरेनी-१ यान्चोक आमा समूहमार्फत १२ रोपनी तथा आँधीमूल आमा समूहमार्फत सात रोपनीमा सयपत्री फूलखेती गरिएको थियो । दुवै समूहलाई फूलको बिरुवा उपलब्ध गराएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । गत साउन २० गते यान्चोकमा १२ हजार र आँधीमूलमा आठ हजार बिरुवा रोपिएका थिए ।
“सयपत्री फूल फुलेपछि टिप्न थालिएको छ । अहिले फुलेको सयपत्री मंसिरसम्म टिप्न सकिन्छ”, उहाँले भन्नुभयो । सयपत्री फूल हाल प्रतिकिलो रु दुइ सयका दरले बिक्री भइरहेको छ । एउटा माला रु ८० सम्ममा बिक्री हुने गरेको छ । यस वर्ष रु १० लाखको फूल बिक्री हुने अनुमान गरिएको छ ।
स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमान बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।”
गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको अध्यक्ष चुमानको भनाइ छ ।
यहाँ फूलखेती सुरु गरिए पछि बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आले मगरले बताउनुभयो । उहाँले भन्नुभयो, यस्तै आँधीमूल आमा समूहकी अध्यक्ष ललिता मगरले घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आबद्ध गराइ फूलखेती थालिएको बताउनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker