सुक्खाटारबाहेक तनहुँका अधिकांश ठाउँमा रोपाइँ सकियो

दमौली : साउनको तेस्रो सातासम्म तनहुँका अधिकांश ठाउँमा धान रोपाइँ सकिएको छ । सुक्खाटारबाहेकका अधिकांश भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार हालसम्म ९६ दशमलव दुई प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । उहाँले हालसम्म सात हजार छ सय ७४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको जानकारी दिनुभयो ।
सिँचाइ सुविधा पुगेका अधिकांश ठाउँमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नपुगेका केही ठाउँमा रोपाइँ हुन बाँकी रहेको उहाँको भनाइ छ । आकाशे पानीको भरपर्नुपर्ने ठाउँमा भने रोपाइँ हुन केही समय लाग्ने उहाँले उल्लेख गर्नुभयो । परियारले भन्नुभयो, “आकाशे पानीको भरपर्नुपर्ने ठाउँमा रोपाइँ ढिला हुन्छ । कुलो र नहरबाट पानीको व्यवस्था भएका ठाउँमा रोपाइँमा सहजता हुन्छ ।”
केन्द्रका अनुसार जिल्लाका करिब आठ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायतका धानखेती हुने गरेको केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा ३३ हजार दुई सय ८० मेट्रिकटन बर्खे र सात हजार नौ सय ३८ मेट्रिकटन चैते धान उत्पादन भएको थियो ।
जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । यस्तै ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ ।
झण्डै १३ हजार पाँच सय ५१ हेक्टर खेतीयोय जमिन बाँझो छ । छ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिचाइँको सुविधा पुगेको छ भने सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker