तनहुँमा विपद् प्रतिकार्य योजनाको पुस्तक प्रकाशन, जिल्लाका १० पालिकाका ८५ वडामध्ये ६२ वडा पहिराका जोखिममा

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले विपद् प्रतिकार्य योजनाको पुस्तक प्रकाशन गरेको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने विपद् व्यवस्थापन समितिबाट तयार भएको पुस्तक रेडक्रस सोसाइटीले छपाइ गरेर प्रशासनलाई हस्तान्तरण गरेको हो ।

प्रशासन कार्यालयमा सोमबार आयोजित कार्यक्रममा रेडक्रस तनहुँका सभापति कृष्णहरि वाग्लेले प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष सागर आचार्यलाई उक्त पुस्तक हस्तान्तरण गर्नुभयो । प्रत्येक वर्ष निर्माण गरिने विपद् प्रतिकार्य योजनाको पुस्तक छपाइको जिम्मेवारी यस वर्ष रेडक्रसले पाएको थियो । रेडक्रस सोसाइटीले ३०० प्रति पुस्तक प्रकाशित गरेकामा प्रशासनलाई २२५ प्रति पुस्तक हस्तान्तरण गरेको छ । बाँकी ७५ प्रति पुस्तक रेडक्रस केन्द्र, प्रदेश शाखा, जिल्लाका विभिन्न उपशाखालाई हस्तान्तरण गरिने सभापति वाग्लेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष आचार्यले जिल्लामा घट्न सक्ने विपद्का घटना पहिचान गरी न्यूनीकरणमा सहयोग पु¥याउन प्रतिकार्य योजना बनाइएको जानकारी दिनुभयो । “प्रतिकार्य योजनाबमोजिम स्थानीय तहले आफ्ना योजना बनाए विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्छ”, प्रजिअ आचार्यले भन्नुभयो ।

मनसुनको समयमा घट्न सक्ने विभिन्न प्रकोपका घटना र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरणलगायतका कार्य गर्न कार्ययोजना बनाइएको उहाँले बताउनुभयो । “सम्पूर्ण सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति र स्थानीय समुदायको प्रभावकारी परिचालनबाट राहत तथा उद्धार कार्यलाई जोड दिएका छौँ”, उहाँले भन्नुभयो ।

विपद् प्रतिकार्य योजनामा जिल्लामा जोखिमका क्षेत्र पहिचान गरिनुका साथै सम्बन्धित निकायले गर्नुपर्ने पूर्वतयारीका बारेमा जिम्मेवारी बाँडफाँट गरिएको छ । यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायको अधिकतम परिचालन हुने, मनसुनका कारण उत्पन्न हुनसक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकाय तयारी अवस्थामा रहने विश्वास लिइएको छ ।

विपद् प्रतिकार्य योजनाअनुसार जिल्लाका १० पालिकाका ८५ वडामध्ये ६२ वडा पहिराका जोखिममा रहेको देखिएको छ। जिल्लामा बाढीपहिरो, आगलागी, चट्याङ, खडेरीलगायत विपद्का जोखिम हुन् । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि सङ्कटासन्नता र क्षमताको विश्लेषणका आधारमा आठवटा विषयगत क्षेत्र निर्धारण गरिएको छ । यस योजनाले कार्यान्वयन गर्ने संस्था र सहयोगी संस्थाको भूमिका तथा जिम्मेवारी स्पष्टरूपमा पहिचान गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker