बाढीपहिरोले विद्युतपोलमा क्षति, बन्दिपुरमा पाँचदिन पछि बत्ति बल्यो

भञ्ज्याङ न्यूज

असार १५ गतेदेखि परेको निरन्तर वर्षाका कारण विद्युत पोलमा क्षति पुग्दा जिल्लाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको छ । लगातारको वर्षाले पोल क्षति हुँदा जिल्लाका करिब आठ हजार घरधुरीमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ । हालसम्म व्यास र भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा विद्युत अवरुद्ध भएको वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीले जानकारी दिए ।

उहाँका अनुसार २८ विजुलीको पोल पहिरोले क्षति पुगेको छ । व्यास-१० बोटेगाउँमा एक, व्यास-१२ देउराली, छिर्कने र जौबारीमा आठ, व्यास-१३ छाब्दीमा चार, भानु-१ साझबोटेमा पाँच, भानु-३ तुरतुरेमा तीन पोलमा क्षति पुगेको छ । त्यस्तै भानु-६ बरभञ्ज्याङमा दुइ, बन्दीपुर-२ भैसेखारमा चार, भानु-१३ पोखरीछापमा एक पोलमा क्षति पुगेको छ । ‘पहिरोले क्षति भएको पोलहरुको मर्मत कार्य भइरहेको छ’, उनले भने, ‘पूर्ण रुपमा सञ्चालन हुन अझै तीन/चार दिन लाग्नेछ।’

विद्युत पोलमा क्षति पुगेर विद्युत अवरुद्ध हुँदा दैनिक जीवनमा प्रत्यक्ष असर परेको बन्दिपुरका स्थानीयवासी बसन्त पौडेलले बताए । बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले विद्युत अवरुद्ध हुँदा गाउँपालिकाको काम समेत प्रभावित भएको बताइन ।

यस्तै, बन्दिपुरमा पहिरोले क्षति पुर्‍याएको विद्युत पोल मर्मत सुधार गरी आइतबार साँझबाट बत्ति बलेको छ । बत्ति बलेसंगै इन्टरनेट लगायतका अन्य सेवा पनि सुचारु भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker