गलेखामकोटमा पर्यटन प्रवर्द्धनका लागि पहल

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-६ स्थित गलेखामकोट पर्यटन प्रबर्द्धनका लागि विविध कार्यक्रम अगाडि ल्याइएको छ । गलेखामकोट भैरवी पर्यटन क्षेत्र विकास समितिले पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाएको छ ।

समितिकै सक्रियतामा केही समय अघि ‘जाम न गलेखाम कोट …..!’ बोलको गीत सार्वजनिक गरेको थियो । काशीनाथ न्यौपानेको शब्द रचना र गायक नवराज थापाको आवाजमा गीत समेत रेकर्ड गरी सार्वजनिक गरिएको हो ।

गलेखामको प्रवर्द्धनका लागि दरबारको संरक्षण गर्ने, सडको स्तरोन्नतीका लागि पहल कदमी गर्ने समितिले निर्णय गरेको छ । यसैबीचे समितिको तेस्रो अधिवशेन हालै सम्पन्न भएको छ । अधिवेशनमा व्यास नगरपालिकाका प्रवक्ता तथा ६ नम्बर वडाध्यक्ष जीवन गुरुङले गलेखामकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागि पर्ने बताएका छन् ।

ऐतिहासिक तथा धार्मिक महत्व बोेकेको व्यास-६ र शुक्लागण्डकी-१ को थप्रेकको सिमानजिकै पर्ने सो कोटलाई व्यास नगरपालिका वडा नम्बर ५ र ६, शुक्लागण्डकीको वडा नं. १ र म्याग्देको मनपाङ क्षेत्र समेतले आफ्नो ठानेर परापूर्वकालदेखि पूजाआजा गर्दै आएका छन् ।

मगर राजाले राज्य गरेका थिए । अन्तिम राजा चक्रधर राना रहेको र तनहुँका सेनवंशका राजासँग आत्मसमर्पण गरेको भनाई छ । पछि सेन वंशले गोरखाका शाह वंशसँग आत्मसमर्पण गरेको इतिहास छ । यो क्षेत्र पर्यटकीय हिसाबले अन्त्यन्त आकर्ष र तनहुँको तेस्रो अग्लो पहाडको रुपमा परिचित छ ।

कार्यबहाक अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षातामा आयोजित अधिवेशनले वसन्तबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ भने उपाध्यक्षमा मुनिराज गुरुङ, सचिव डा. विद्युत केशरी न्यौपाने, कोषाध्यक्षमा मनिता गुरुङ चयन भएका छन् भने १३ जना सदस्य चयन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker