आँवुखैरेनीमा घरदैलोमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले दशैंको मुखमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीको घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणसँगै सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेको छ ।

‘जहाँ हाम्रा नागरिक, त्यही हाम्रो कार्यालय, त्यही हाम्रो सेवा’ भन्ने भावनासहित गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका वडा नं. ४ र ६ का विभिन्न टोलमा पुगेर सेवा प्रवाह गरेको हो ।

भत्ता लिनका लागि कार्यालय वा बैंकसम्म पुग्नुपर्ने अवस्थाका कारण ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीले भोग्नुपर्ने असहजतालाई ध्यानमा राख्दै गाउँपालिकाले घरदैलोमै सेवा पु¥याएको जनाएको छ । सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्यकर्मीको सहभागितामा सामान्य स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्शसमेत दिइएको थियो ।

दशैंजस्ता ठूला चाडपर्वको समयमा ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई घरमै सेवा उपलब्ध गराउँदा उनीहरूलाई सहज हुनुका साथै स्थानीय सरकार नागरिकको नजिक रहेको अनुभूति गराउन सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।

कार्यक्रममा खटिएका कर्मचारी तथा स्वास्थ्यकर्मीले लाभग्राहीको अवस्था बुझ्दै आवश्यक स्वास्थ्य सम्बन्धी सुझावसमेत दिएका थिए। गाउँपालिकाले नागरिकलाई सहज, सरल र घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यअनुसार यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

स्थानीय सरकारबाट प्रवाह हुने सेवा कार्यालयको चौघेराभित्र सीमित नराखी आवश्यकताअनुसार नागरिककै घरदैलोमा पु¥याउनुपर्ने मान्यतालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा यस कार्यक्रमलाई लिइएको छ ।

गाउँपालिकाले सेवा प्रवाहमा प्रत्यक्ष रूपमा खटिएका सम्पूर्ण कर्मचारी, स्वास्थ्यकर्मी तथा सहयोग गर्ने सम्बन्धित सबैप्रति आभार व्यक्त गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker