परस्त्रीसँग ‘डेट’ गएका पुरुष होटलको कोठाभित्रै ढलेपछि……

रुपन्देही । परपुरुषसँग होटलमा बसिबियालो गर्न पुगेकी एक विवाहित महिलालाई नसोचेको आपत् आइलागेको छ । होटलको कोठामै बेहोश भएका पुरुषको मृत्यु भएपछि उनका आफन्तले महिलामाथि किटानी जाहेरी दिएका छन् ।

बुटवल–३ फूलबारीकी ३० वर्षिया महिलामाथि किटानी जाहेरी परेको हो । उनी दुई बच्चासमेत च्यापेर शनिबार दिउँसो बुटबल ६ का चाँदवारीका ५६ वर्षिय पुरुषसँगै होटल गएकी थिइन् । बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा उनीहरु बसेका थिए ।

प्रहरीका अनुसार ती महिला र पुरुषबीच कुनै पनि पारिवारिक सम्वन्ध छैन । उनीहरुले होटलको दोस्रो र तेस्रो तलामा रहेका दुईवटा कोठा बुक गरेका थिए । एउटा कोठामा महिलाकी नाबालक छोरी र भतिजीलाई राखेर अर्को कोठामा आफूहरु बसे । उनीहरुले कोठाभित्रै खाजा मगाएर खाए ।

खाजा खाएको केही समयपछि अचानक पुरुष बेहोस भएको प्रहरीले जनाएको छ । उनलाई तत्कालै अस्पताल पुर्याइयो । तर, उनलाई चिकित्सकले मृत घोषणा गरे । मृतकको परिवारले महिलाविरुद्ध किटानी जाहेरी दिएका छन. ।

‘होटलमा दुईवटा कोठा लिएर बसेका पाहुनामध्ये पुरुष बेहोस भएर ढलेपछि महिलाले होटल धनीलाई खबर गरेको र तत्कालै एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका रहेछन् । प्रहरीले घटनाको अनुसन्धान गर्दैछ, पोष्टमार्टम रिपोर्ट आएको छैन’ प्रहरी कार्यालयमा गएका होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले भने ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले उनीहरू दुई बच्चासहित होटल पुगेको र दोस्रो तथा तेस्रो तलामा दुईवटा कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । मृतकलाई तत्काल बाहिरी चोटपटक केही नदेखिएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ । अहिले प्रहरीले होटलधनी, व्यवसायी संघका प्रतिनिधिसहित छलफल गर्दैछ ।

मृतकका दुई छोरी र श्रीमती छन् । चाँदबारीमा घर भएका उनी मैनाबगरमा अटो व्यवसाय गर्थे । उनी मुटुका बिरामी थिए । थप कुनै औषधि खाएका कारण यस्तो भएको आशंका छिमेकीले गरेका छन् । मृतककी छोरीले इलाका प्रहरीमा किटानी जाहेरी दिएकी छन् । नेपाल प्रेस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker