वन कार्यालयद्वारा विज्ञानचौर टोललाई डस्टबीन वितरण
भञ्ज्याङ न्यूज

डिभिजन वन कार्यालय तनहुँले व्यास नगरपालिका-१ भादगाउँ स्थित विज्ञानचौर टोल विकास संस्थालाई डस्टबीन वितरण गरेको छ । फोहरलाई स्रोतमा वर्गीकरण गरी व्यवस्थापन गर्न जनचेतना अभिवृद्धि कार्यक्रम मार्फ टोललाई ४० थान डस्टबीन वितरण सव डिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइरालाले जानकारी गराए ।
सरसफाईका हिसाबले विज्ञानचौर टोललाई नमूना टोलका रुपमा विकास गर्ने उद्देश्यका साथ डस्टबीन उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्ले बताए । उनले टोल विकास संस्थाका अध्यक्ष भरत पन्थलाई डस्टबीन हस्तान्तरण गरेका थिए ।
फोहरको वर्गीकरण गरी टोललाई स्वच्छ र सफा बनाउन उपलब्ध गराइएको डस्टबीनले सहयोगी बन्ने सहायक वन अधिकृत चुडामणि बरालले बताए ।

टोल विकास संस्थाका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले वातावरण सरसफाई कार्यालयले गरेको सहकार्य प्रति धन्यवाद व्यक्त गरेका थिए ।
वन कार्यालयले विभिन्न टोल विकास संस्था र विद्यालयमा डस्टबीन वितरण गर्नुका साथै वातावरणीय सचेतनामूलक कार्यक्रम गर्दै आएको सव डिभिजन वन कार्यालय व्यासका प्रमुख कोइरालाले बताए ।










