तनहुँमा २२ जना नयाँ कोरोना संक्रमित थपिए

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा शनिबार २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकीमा १, व्यासमा ८, भिमादमा ७, घिरिङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, फेवासिटी अस्पतालमा उपचाररत एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गरएका छन् ।
जिल्लामा पछिल्लो केही दिन यता दैनिक संक्रमितको संख्या थपिदै गएको छ । नागरिकस्तरबाटै स्वास्थ्य सुरक्षाका सामाग्रिको प्रयोग तथा मापदण्ड पालनमा लापरवाही बढ्दै जाँदा संक्रमितको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।










