तनहुँको पृथ्वीराजमार्गस्थित दमौली–डुम्रे सडकखण्डमा पहिरो

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित दमौली–डुम्रे सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । मंगलबार बिहान ३ बजे सडकमाथीबाट पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राजमार्गको दमौली–डुमे सडकखण्डस्थित ४/५ स्थानमा सानाठुला पहिरो खसेको तनहुँका प्रहरी नायव निरीक्षक जोलिन्द्रबहादुर हमालले बताए । उनले भने, ‘ठुलो पानी पर्नाले पहिरो हटाउन मुस्किल भैरहेको छ । जेसिबीको प्रयोग गरी एक घण्टामा एकतर्फि भएपनि राजमार्ग सञ्चालनमा ल्याउने प्रयास भैरहेको छ ।

पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा आफ्नो गन्तव्यतर्फ हिडेका यात्रुहरु अलपत्र परेका छन् ।










