पहिरोले घर भत्काएपछि त्रिपलको ओत

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ र ३ का चेपाङ समुदाय बाढीपहिरोले घर भत्काएपछि विभिन्न सामाजिक संघ संस्थाले उपलब्ध गराएको त्रिपालको ओतमा बस्दै । अविरल वर्षासंगै आएको बाढीपहिरोले यहाँका ६ घर पूर्ण क्षति पुर्याएको छ । यहाँका पहिरो पीडित परिवारलाई गाउँपालिकाले विभिन्न सामाजिक संघ संस्थाले उपलब्ध गराएको त्रिपाल, खाद्यन्न, लत्ताकपडा उपलब्ध गराएको छ भने तत्काल प्रतिघर ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने तयारी भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए । यस्तै, यहाँका पीडित परिवारलाई गाउँपालिकाको अध्यक्षसंग आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्ने तयारी गरिएको छ । तस्विर : भञ्ज्याङ










