देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न तनहुँ प्रशासनको आग्रह

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारलाई सभ्य, मर्यादित र व्यवस्थित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । कार्यालयले बिहीबार तिहार विशेष सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम राति १० बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको हो ।

प्रशासनले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक सद्भाव कायम हुने गरी देउसी–भैलो खेल्न आग्रह गरेको छ । देउसी–भैलोका नाममा कसैलाई जबरजस्ती रकम माग्ने, दबाब दिने वा धम्क्याउने कार्य नगर्न पनि सचेत गराएको छ ।

त्यसैगरी, भुईँचम्पा, पटाका तथा आतिशबाजीजस्ता विस्फोटक पदार्थको अवैध ओसारपसार, बिक्रीवितरण र प्रयोग नगर्न प्रशासनले अनुरोध गरेको छ । मादक पदार्थ सेवन गरी होहल्ला तथा झैझगडा नगर्न र दियो, मैनबत्ती तथा विद्युतीय सामग्री प्रयोग गर्दा आगलागीबाट बच्न सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

चाडपर्वका बेला सार्वजनिक सवारीसाधनमा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने कार्य नगर्न सूचनामा उल्लेख छ । सडक तथा सार्वजनिक स्थानमा आवागमन अवरुद्ध हुने गरी कार्यक्रम सञ्चालन नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

यस्तै, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, बढी मूल्य असुल्ने, म्याद गुज्रिएका वस्तु बिक्री गर्ने, चर्को आवाजमा ध्वनि उपकरण बजाउने तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने कार्य नगर्न आग्रह गरिएको छ ।

देउसी–भैलोमा सहभागी बालबालिकालाई अभिभावकको निगरानीमा राख्नसमेत प्रशासनले सचेत गराएको छ । जारी सूचनाविपरीत गैरकानुनी गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker