नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ नियन्त्रणका लागि रेडक्रस सोसाइटीले अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । नगरपालिकाले वडा नं १० दुम्सीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गर्न लागेको नगरस्तरीय अस्पतालका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको रेडक्रस तनहुँका मन्त्री चिनु पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर, थर्मलगन, अक्सोमिटर, फेसशिल्ड, सर्जिकल गाउन, सर्जिकल क्यापलगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई सामग्री हस्तान्तरण गर्दै रेडक्रस तनहुँका सभापति वाग्लेले कोभिड न्यूनीकरणका लागि रेडक्रसले आवश्यक सामग्री सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताउनुभयो । नगरप्रमुख न्यौपानेले कोभिड न्यूनीकरण सबैको साझा प्रयासबाट सम्भव रहेको उल्लेख गर्दै रेडक्रसप्रति आभार व्यक्त गर्नुभयो ।

विसं २०२७ मा स्थापित रेडक्रस तनहुँले सेवामूलक काम गर्दै आएको छ । कोरोनाको अवधिमा रेडक्रस तनहुँ शाखाले सङ्गठन विकास, विपद् व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक हेरचाह तथा यसको सिद्धान्तका बारेमा विभिन्न कार्यक्रम गरेको जनाएको छ । रेडक्रसले कोरोना रोकथामका उपाय फैलाउने, देवघाट, कोटदरबार र दुम्सीकोटको एम्बुलेन्सका लागि रेगुलेटरसहितका सिलिण्डर वितरण, २८ वटा उपशाखामा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण, स्वयंसेवक परिचालन, खोप लगाउनका लागि प्रेरित गर्ने, बन्दीपुर र पुरनडिही अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर सहयोग, अक्सिजन सिलिण्डर वितरण गरेको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker