पाँचौ शुक्लागण्डकी महोत्सवमार्फत नगर क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धन

दुलेगौंडा : तनहुँको शुक्लागण्डकीमा जारी पाँचौँ शुक्लागण्डकी महोत्सवले स्थानीय पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसारमा नयाँ आयाम थप्न थालेको छ । महोत्सवमा प्रस्तुतीका लागि आएका कलाकारहरूलाई शुक्लागण्डकी नगरपालिका भित्रका प्रमुख गन्तव्यहरूमा घुमाउने अभियान सुरु गरिएसँगै पर्यटन प्रवद्र्धनमा सकारात्मक संकेत देखिएको हो ।

महोत्सवमा सहभागी गायिका नविना सिलवालले जिल्लाकै प्रसिद्ध ढोरबाराही मन्दिरमा पुगेर दर्शन गरिन । साथै उनले रक गार्डेनको समेत अवलोकन गरेकी थिइन् । पहिलोपटक ढोरबाराही मन्दिर पुगेको उल्लेख गर्दै उनले मन्दिरको अलौकिक शक्ति र यहाँको धार्मिक महत्वबारे सुन्दै आएको बताइन् ।

रक गार्डेनमा प्राकृतिक रूपमा बनेका विभिन्न आकृतिका चट्टानहरूले आफूलाई निकै आकर्षित गरेको बताउँदै उनले यस क्षेत्रको सुन्दरता सामाजिक सञ्जालमार्फत प्रचार गर्ने प्रतिबद्धता जनाइन् ।

महोत्सवमा निम्त्याइएका कलाकारमार्फत शुक्लागण्डकीका पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले यस्तो अभ्यास सुरु गरिएको कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेमबहादुर श्रेष्ठले बताए । उनका अनुसार आगामी दिनमा पनि कलाकारको समयअनुसार अन्य पर्यटकीय गन्तव्यमा भ्रमण गराउँदै क्षेत्रीय पर्यटन प्रवर्द्धनलाई निरन्तरता दिइनेछ ।

æआर्थिक, सामाजिक तथा खेलकुद विकास, कृषि र पर्यटन प्रवर्द्धन तथा कला, सीप र संस्कृतिको संरक्षणÆ भन्ने मूल नारासहित बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुला चौरमा महोत्सव सञ्चालन भइरहेको छ ।

महोत्सवका मूल संयोजक तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले महोत्सवले समग्र नगरको पहिचान उजागर गर्नुका साथै व्यवसायिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। प्रारम्भिक दिनमा मौसम प्रतिकूल रहे पनि पछिल्ला दिनमा दर्शकको उपस्थिति उल्लेख्य रूपमा बढेको उनले बताए ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक तथा ऐतिहासिक स्थलको पदयात्रा जस्ता कार्यक्रम समावेश गरिएका छन्। प्रवक्ता सुजन श्रेष्ठका अनुसार रत्यौली गीत प्रतियोगिता बुधबारदेखि सुरु भइसकेको छ भने शुक्रबारदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । यसका साथै कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता तथा टिकटक–रिल्स प्रतियोगिता पनि आकर्षणका रूपमा रहेका छन् ।

महिला उद्यमी विकास समिति र विभिन्न वडा व्यवस्थापन समितिको सह–आयोजनामा भइरहेको महोत्सवमा घरेलु उद्योग, कृषि उत्पादन, व्यवसायिक स्टल, रेष्टुरेन्ट, सामाजिक संस्था, सूचना केन्द्र तथा स्वास्थ्य शिविरसहित कुल १७५ वटा स्टल समावेश गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker