दुइपिप्लेमा नेपाल बैंकको शाखा सञ्चालनमा
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल बैंकले लमजुङको मध्यनेपाल नगरपालिका-४ दुइपिप्लेमा नयाँ शाखा विहीबारबाट संचालनमा ल्याएको छ ।
नेपाल बैंक गण्डकी प्रादेशिक कार्यालय प्रमुख विनय केशरी पौडयाल, मध्यनेपाल नगरपालिकाका उपमेयर राजकुमार श्रेष्ठ, वडा नं. ४ का अध्यक्ष निर्मल गौतम, बैंकको दमौली शाखा प्रबन्धक माधव गैहे्र, दुइपिप्ल शाखा प्रबन्धक कपिल गिरी लगायतले ग्रामीण क्षेत्रलाई लक्षित गरी बैंकले शाखा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










