तनहुँका कृषकलाई धान थन्काउने चटारो

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँका कृषकहरुलाई यतिबेला असारमा रोपेको धानको बिऊमा फल लागि पाकेपछि थन्काउन चटारे परेको छ । नेपालीहरुको महान पर्व बिजयदशमी घर आँगनमा भित्रिएपनि कृषकलाई पनि पाकेको धाने थन्काउने हतारो चलेको छ । जिल्लामा कोरोना भाइरस संक्रमणको ग्राफ दैनिक उकालो लाग्दै छ । तर, जिल्लाका कृषकलाई न त दशैको रौनकताले छोएको छ न त भाइरस संक्रमणको त्रास नै छ, छ त केवल पाकेको खेती कसरी थन्काउने ।

जिल्लाका १० वटै पालिकाका खेतियोग्य फाँटमा असारमा रोपिएको धानको बिउ अहिले फल लागि पहेलपुर भएर पाक्न थालेको छ । कोरोना कहरकै बिच कृषकले लगाएको खेती समयमै नथन्काए घामपानीले क्षति पुर्‍याउछ । त्यसैले कृषकहरु दशै पर्वको तयारी भन्दा पनि पाकेको खेती थन्काउन व्यस्था देखिन्छन् ।

कोरोनाको त्रास बिचपनि पाकेको धान थन्काएर आफ्नै परिवारसंग सुरक्षित रुपमा दशै मनाउने लक्ष्यका साथ हतार गरी धान थन्काउन आएको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयकी कृषक हरीमाया क्षेत्रीले बताइन् । उनले भनिन्, ‘कोरोना संक्रमण बढ्दो छ नि तर के गर्नु दुःख गरी लगाएको धान खेतमै र्झन दिनु त भएन नि । स्वास्थ्य सावधानी अप्नाएर आफ्नै घर परिवारका सदस्यहरु मिलेर धान थन्काउन लागेका छौं ।’

‘कोरोनाको कारण गत चैत्र महिलनादेखि सबै क्षेत्र बन्द अवस्थामै रहे’, उनले भनिन्, ‘यही समयमा पनि धेरै घाटा भएको छ । त्रासको बिचमा राम्रोसंग खेति पनि गर्न पाइएन । पाकेको खेति समयमै नथन्काए घामपानीले क्षेति पुर्‍याउछ ।’

यस्तै, कृषक भएपछि स्थिति जे भएपनि शरिर स्वस्थ रहेसम्म खेतीपाति गरिरहनु पर्ने आँबुखैरेनी-१ बरादीकी मैया खनाल बताउँछिन् । उनले भनिन्, ‘कमाइको मुख्य श्रोत नै कृषि हो । यहि नगरे भोली खाना र लगाउन पाइदैन । कोरोनाको डरले घरमै बसेर कामै नगरी त चार्डपर्वको समयमा बालबच्चालाई मिठोमसिनो खुवाउन पनि त मुस्किल हुन्छ ।’

‘कृषक भएपछि कोरोना लाग्ला भनि डराएर घरभित्रै बसिरहे कस्ले खाना दिने ?’, उनले भनिन्, ‘सक्ने भएदेखि यहि कृषि पेशा गरेर खाँदै आएका छौं । रोगसंग बरु लडिएला तर केही नगरि बसे भोगसंग कसरी लड्ने ?’

कोरोना र समयमा मल, विउविजन नपाउदा कृषि पेशामा ठुलो नोक्सानी भएको आँबुखैरेनी-१ सत्रसयका कृषक कृष्णबहादुर नहर्की बताउँछन् । उनले भने, ‘हामी पसिना बगाएर काम गर्न तयार छौं तर सरकारले समयमा आवश्यक पर्ने मल तथा विउविजनको उपलब्ध गराइदिनु पर्‍यो।’ ‘कोरोना संक्रमणका कारण विदेशिएका तथा सहरिएका कति युवाहरु रोजगारी गुमाएर आफ्नै गाउँठाउँ फर्किएका छन्’, उनले भने, ‘यि युवाहरुलाई पनि कृषि पेशामा आकषिर्त गर्न राज्य तथा स्थानीय सरकारले विषेश योजना ल्याउनु पर्दछ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker